गुणाकर गभर्नर बन्ने भएपछि सेयर बजारमा हरियाली, कारोबार १० अर्ब माथि

काठमाडौं । साताको सेयर कारोबार हुने चौथो दिन बुधबार सेयर बजार उच्च अंकले बढेको छ । अघिल्लो दिन घटेको बजार आज ६२ दशमलव २५ अंकले बढेर २६७३ दशमलव ६९ विन्दुमा पुगेको हो । यो अघिल्लो दिनको भन्दा २.३८ प्रतिशतले धेरै हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ०२ अंकले बढेर ४५१ दशमलव २८ विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।

आज परिसूचकसँगै कारोबार रकममा पनि सुधार देखिएको छ । आज सेयर बजारमा ३०८ कम्पनीका २ करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर ९९ हजार ३०५ पटक खरिद बिक्री हुँदा १० अर्ब ५१ करोड ८४ लाख ६ हजार ३५२ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार