
काठमाडौं । यस वर्षको आरोहण याम सुरु भएसँगै आज सात जना शेर्पा सगरमाथा शिखरमा पुगेका छन् । उनीहरू यस वर्षको आरोहणका लागि डोरी टाँग्दै (रोप फिक्सिङ) साँझ ५ः०० बजे शिखरमा पुगेको पर्यटन विभागका निर्देशक लीलाधर अवस्थीले जानकारी दिए ।
विभागका अनुसार ‘एटके एक्सपीडिसन’ अन्तर्गत खटिएका शेर्पाहरूले डोरी टाँग्ने काम सम्पन्न गरेका हुन् । अशोक लामाले नेतृत्व गरेको सो टिममा छिरिङ पेम्बा शेर्पा, पेम नुर्बु शेर्पा, टासी शेर्पा, कर्मा ग्याल्जेन शेर्पा, टासी ग्याल्जेन शेर्पा र पासतेन्जी शेर्पा रहेका छन् । ‘सगरमाथाको चुचुरमा डोरी टाँग्ने काम सम्पन्न भएसँगै यस वर्षको सगरमाथा आरोहण औपचारिक रूपमा सुरु भएको छ । अब अरु आरोही पनि मौसम अनुकूलता हेरेर शिखरतर्फ लाग्ने छन्’, निर्देशक अवस्थीले भने ।
फेसबुक प्रतिक्रिया













समाचार
मुक्तिनाथ म्युचुअल फण्ड–१ को लाभांश घोषणा, बूक क्लोज कहिले ?
इरानको लारक द्वीपमा अमेरिकी आक्रमण
कांग्रेस संसदीय दलको बैठक बस्दै
एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
शिक्षक हत्याः आरोपितको ११ जनाको नामावली सार्वजनिक
पशुपती रिन्यूएबल्सको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने
जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी
नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन
१ सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द