
म्याग्दी । म्याग्दीमा एक वर्षको अवधिमा १६५ वटा उद्योग–व्यवसाय थपिँदा ८२ वटा बन्द भएका छन् । एकीकृत सेवा कार्यालयमा आर्थिक वर्ष २०८२र८३ मा ७० वटा उद्योग र ९५ वटा व्यवसाय दर्ता भएका हुन् । उक्त अवधिमा ४१र४१ वटा उद्योग र व्यवसायको दर्ता खारेजी भएको कार्यालयका प्रमुख शम्शेर घर्ती क्षेत्रीले जानकारी दिए ।
उनका अनुसार ५६१ उद्योग र ४८३ व्यवसाय नवीकरण भएका छन् । हालसम्म म्याग्दीमा तीन हजार ४९० उद्योग र तीन हजार ५५ व्यवसाय दर्ता भएका छन् । उद्योग, व्यवसाय दर्ता नवीकरणबापत गत आवमा रु १९ लाख ३० हजार राजस्व सङ्कलन भएको कार्यालयका अधिकृत पवी थापाले बताए।
अघिल्लो वर्ष रु ३० लाख २५ हजार ७७४ राजस्व सङ्कलन भएको थियो । पछिल्ला केही वर्षयता म्याग्दीमा उद्योग व्यवसाय दर्ताको तुलनामा बन्द हुने क्रम बढेको छ । आर्थिक मन्दीका कारण उद्यमी, व्यवसायी वैकल्पिक पेसा रोज्ने र पलायन हुँदा व्यवसाय दर्ता घटेको र बन्द हुने दर बढेको हो ।
आव २०८१/८२ मा म्याग्दीमा ७० उद्योग र ८५ व्यवसाय दर्ता हुँदा ४२ उद्योग र ४८ वटा व्यावसायिक फर्म बन्द भएका थिए । आव २०८०/८१ मा २११ उद्योग, व्यवसाय दर्ता भएकामा ८४ खारेज भएका थिए । चौध उद्योग र २९ व्यावसायिक फर्म खारेज भएको आव २०७९/८० मा १०१ उद्योग र ११० वटा व्यावसायिक फर्म दर्ता भएका थिए ।
म्याग्दी उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुविन श्रेष्ठले घट्दो जनसङ्ख्या, बसाइसराइ, वैदेशिक रोजगारी, स्थानीय तहमा मात्र दर्ता गरेर आन्तरिक राजस्व कार्यालयबाट पान नम्बर पाइने र कोरोना महामारीपछि आर्थिक मन्दीको असर उद्योग व्यवसाय दर्ता तथा खारेजीमा परेको बताए ।
फेन्सी, हार्डवेयर र होटल तथा रेष्टुरेष्टको व्यापार घटे पनि सटर बन्द नभएका तथा पर्यटनमूलक होटल व्यवसाय बढेको अध्यक्ष श्रेष्ठको भनाइ छ । ग्रामीण क्षेत्रका उद्यमी र व्यवसायीले स्थानीय तहमै दर्ता गरेर पान नम्बर लिन पाउने व्यवस्था भएपछि प्रदेश सरकारअन्तर्गतको पर्यटन तथा उद्योग कार्यालयमा दर्ता नगर्ने तथा खारेज गर्न थालेको अध्यक्ष श्रेष्ठले बताए ।












समाचार
इरानको लारक द्वीपमा अमेरिकी आक्रमण
कांग्रेस संसदीय दलको बैठक बस्दै
एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
शिक्षक हत्याः आरोपितको ११ जनाको नामावली सार्वजनिक
पशुपती रिन्यूएबल्सको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने
जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी
नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा
खप्तडमा बिरामीको भरोसा बन्दै सेनाको मेडिकल