
काठमाडौं । मुक्तिनाथ म्युचुअल फण्डअन्तर्गत सञ्चालित मुक्तिनाथ म्युचुअल फण्ड–१ ले लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक वर्ष २०८२/८३ को मुनाफाबाट इकाईधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।
मुक्तिनाथ क्यापिटल लिमिटेडको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठले २.२० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभांशमा कर सहितको हो । लाभांश वितरणका लागि भदौ २४ गते एक दिन इकाईधनी दर्ता किताब बन्द (बुक क्लोज) हुने क्यापिटलले जनाएको छ । त्यसैले भदौ २४ गतेभन्दा अघिल्लो दिनसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई तोकिएको समयभित्र कायम भएका इकाईधनीले मात्र नगद लाभांश प्राप्त गर्नेछन् ।
यस्तै आफ्नो इकाई धितो राखेका इकाईधनीले लाभांश प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट नो अब्जेक्सन लेटर पेश गर्नुपर्नेछ । उक्त पत्र पेश गरेपछि मात्र लाभांश वितरण गरिने क्यापिटलले जनाएको छ । क्यापिटलले प्रचलित आयकर ऐनअनुसार लाभांश वितरण गर्दा स्रोतमा कर कट्टी हुने र कर दाखिला गर्दा लाभांश प्राप्त गर्ने व्यक्ति वा संस्थाको स्थायी लेखा नम्बर (प्यान) आवश्यक पर्ने भएकाले सबै इकाईधनीलाई आफ्नो हितग्राही खातामा प्यान अद्यावधिक गर्न आग्रह गरेको छ । मुक्तिनाथ म्युचुअल फण्ड–१ को कोष प्रवद्र्धक मुक्तिनाथ विकास बैंक र योजना व्यवस्थापक तथा डिपोजिटरी मुक्तिनाथ क्यापिटल लिमिटेड रहेका छन् ।












समाचार
इरानको लारक द्वीपमा अमेरिकी आक्रमण
कांग्रेस संसदीय दलको बैठक बस्दै
एसिसी प्रिमियर कपः नेपालले आज बहराइनविरुद्ध खेल्दै
किसानको राम्रो आम्दानीको स्रोत बन्दै रुद्राक्ष
शिक्षक हत्याः आरोपितको ११ जनाको नामावली सार्वजनिक
पशुपती रिन्यूएबल्सको साधारणसभा आह्वान, लाभांश प्रस्ताव पारित गर्ने
जिल्ला कारागार मोरङका कैदीबन्दीले गरे सीडीओविरुद्ध नाराबाजी
नर्भिक अस्पतालको छैटौं वार्षिक साधारण सभाको मिति परिवर्तन
१ सय ६५ उद्योग–व्यवसाय थपिँदा ८२ बन्द
भोटेकोशी बाढीः काभ्रेका ४१ अझै सम्पर्कविहीन, आठ जना परिवारको सम्पर्कमा