
काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्था लिमिटेडको नाफामा उल्लेख्य सुधार देखिएको छ । कम्पनीले सार्वजनिक गरेको चालू आर्थिक वर्षको दोश्रो त्रैमासिकसम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आको सोही अवधिको तुलनामा ७२.१५ प्रतिशतले नाफा बढेको हो ।
कम्पनीले चालू आवको पुस मसान्तसम्म २ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । गत आवको पुस मसान्तसम्म कम्पनीले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । त्यसैगरी कम्पनीको खुद ब्याज आम्दानी पनि गत वर्षको दोश्रो त्रैमाससम्म ५ करोड ६४ लाख रुपैयाँ रहेकोमा चालू आवको दोश्रो त्रैमाससम्म ५५.१८ प्रतिशतले बढेर ८ करोड ७६ लाख रुपैयाँ पुगेको छ।
त्यस्तै समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ७ करोड १३ लाख रुपैयाँबाट ३६.१५ प्रतिशतले बढेर ९ करोड ७१ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २ करोड २० लाख रुपैयाँबाट ६७.७७ प्रतिशतले बढेर ३ करोड ७० लाख रुपैयाँ पुगेको छ । त्यसैगरी समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी (ईपीएस) ३५.०९ रुपैयाँबाट बढेर ३७.०१ रुपैयाँ पुगेको छ भने निष्क्रिय कर्जा (एनपीएल) २.७८ प्रतिशतबाट बढेर ३.१३ प्रतिशत पुगेको छ। कम्पनीको प्रतिसेयर नेटवर्थ १५९.३३ रुपैयाँ कायम भएको छ ।
चुक्ता पुँजी १३ करोड २३ लाख रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा २ करोड ७२ लाख रुपैयाँ र रिजर्भ कोषमा ५ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीले २ अर्ब १० करोड ६४ लाख रुपैयाँ कर्जा प्रवाह गरी ५४ करोड ४५ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ । पुस मसान्तसम्म कम्पनीको वितरणयोग्य मुनाफा १ करोड ९५ लाख रुपैयाँ रहेको छ ।













समाचार
नेपाल आयल निगम भन्छः बजारमा ग्यासको अभाव छैन, नपाए फोन गर्नुस्
विभिन्न २१ मुलुकमा राजदूत नियुक्त गरिँदै
विराटनगर नाकाबाट तेस्रो मुलुकका २१० पर्यटक भित्रिए
राजस्व चुहावट गरेको भन्दै पाँच जनाविरूद्ध आरोपपत्र दायर
झापामा धान रोपाइँ अन्तिम चरणमा, ९४ प्रतिशत क्षेत्रमा सम्पन्न
टेकुबाट मात्रै ग्यास वितरण गरेर समस्या समाधान नहुने : सांसद कार्की
अब वस्तु तथा सेवा खरिद गर्दा अनिवार्य बिल लिन आन्तरिक राजस्व विभागको आग्रह
ऊर्जा मन्त्री श्रेष्ठको पहलमा टेकुमा रहेको ‘वेस्ट टु इनर्जी’ परियोजना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया सुरू
वाणिज्य बैंकका सीईओसँग अर्थमन्त्रीको भेट : २० सीईओलाई अर्थमन्त्रीका प्रश्नैप्रश्न
राष्ट्र बैंकमा सात सदस्यीय बोर्ड नै ठीकः अर्थमन्त्री वाग्ले