काठमाडौं। लालीगुराँस नेसनल एकेडेमी र क्यान्भास बसन्त ऋतु आठौं बीएनए कप अन्तरविद्यालय बास्केटबलको जुनियर ब्वाइजमा बुधबार विजयी भएका छन् ।
बसुन्धारास्थित आयोजक बसुन्धरा नेसनल एकेडेमी (बीएनए) को कोर्टमा लालीगुराँसले एन्जल्स हार्टलाई ३१–२८ ले पराजित गर्यो । लालीगुराँसको जितमा साहिद पुनले १३ अंक योगदान गरे । रिसन गुरुङको ४ अंक सहयोगमा क्यान्भासले ज्ञान संस्कारलाई २२–१९ ले हरायो ।
जुनियर ब्वाइजमै भ्याली पब्लिकले स्किब्सलाई ३९–२६ तथा गोल्डेनपिकले हेराल्डलाई ४५–२३ ले पाखा लगाए । भ्याली पब्लिकका आर्यन गुरुङले १३ तथा स्किब्सका सफल राईले १२ अंक जोडे ।
सिनियर गल्र्समा भ्याली पब्लिकले इडेन ब्रिज एकेडेमी (इबीए) लाई ३१–२७, केभीकेएसएसले जेबी स्कुललाई २३–१५, ग्रिनल्यान्डले तेजस्वीलाई ३९–२७ र फेरिल्यान्डले एन्जल्स हार्ट नेसनल स्कुललाई २२–१८ ले पन्छाए । भ्याली पब्लिककी लोरिशा गौचनले ११, केभीकेएसएसकी पूजा लामाले ६, ग्रिनल्यान्डकी बिहानी राईले २१ र फेरिल्यान्डकी खुश्बु मगरले ६ स्कोर गरे ।