सेयर बजारकाे ओरालो यात्रा जारी, कारोबार रकम ७ अर्बमा सीमित

काठमाडौं । साताको सेयर कारोबार हुने अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक घटेर बन्द भएको छ । अघिल्लो दिन पनि घटेको सेयर बजार आज पनि ८ दशमलव ४१ अंकले घटेर २६११ दशमलव ८५ विन्दुमा पुगेको हो ।

त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४४ अंकले घटेर ४४४० विन्दुमा पुगेको छ । त्यस्तै आज १३ उपसूचकमध्ये १० वटा उपसूचकको सेयर मूल्य घटेको छ भने ३ वटाको मात्रै बढेको छ। आज सेयर बजारमा १६४ कम्पनीको सेयर मूल्य घटेको छ भने ८२ कम्पनीको बढेको छ । त्यस्तै एउटा कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।

आज सेयर बजारमा परिसूचकसँगै कारोबार रकममा पनि गिरावट आएको छ । अघिल्लो दिन ८ अर्ब ७३ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ८ करोड ३३ लाख ४८ हजार २४० रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३२० कम्पनीका १ करोड ७४ लाख २३ हजार ९४३ कित्ता सेयर ७८ हजार ४९३ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा एउटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार