काठमाडौं । मंगलबार सेयर बजार परिसूचक उच्च अंकले बढेको छ । अघिल्लो दिन पनि बढेको सेयर बजार आज पनि उच्च अंकले बढेर कारोबार बन्द भएको हो ।
आज सेयर बजार परिसूचक ४९ दशमलव ०९ अंकले बढेर २६७७ दशमलव ४५ विन्दुमा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १.८६ प्रतिशतले धेरै हो । आज सेयर बजारमा २२९ कम्पनीको सेयर मूल्य बढेको छ भने १५ कम्पनीको मात्रै घटेको छ । एक कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । त्यस्तै आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ८ दशमलव ६८ अंकले बढेर ४५१ दशमलव ०१ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ वटै उपसूचकको सेयर मूल्य बढेको छ ।
परिसूचक उच्च अंकले बढेको दिन कारोबार रकममा भने सामान्य गिरावट देखिएको छ । अघिल्लो दिन ७ अर्ब ३५ करोड माथिको कारोबार भएको बजारमा आज ७ अर्ब ३१ करोड २७ लाख ९० हजार १९६ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१० कम्पनीका १ करोड ६८ लाख ८८ हजार ४५९ कित्ता सेयर ७३ हजार ५४ पटक खरिद बिक्री हुँदा उक्त रकम बराबरको कारोबार भएको हो । आज सेयर बजारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
५ कम्पनीमा सकारात्मक सर्किट
मंगलबार सेयर बजार परिसूचक उच्च अंकले बढेर बन्द भएको छ । २२९ कम्पनीको सेयर मूल्य बढेको दिन ५ कम्पनीको सेयर मूल्यमा भने सकारात्मक सर्किट लागेको हो ।
आज सेयर बजामा सिन्धु विकास बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, ओम मेगाश्री फमासिटिकल्स, ग्रिन डेभलपमेन्ट बैंक र राप्ता हाइड्रो एण्ड जनराल कन्सटक्सनको सेयर मूल्यमा सर्किट लागेको हो । आज सिन्धु विकास बैंकको सेयर मूल्य ७९ रुपैयाँ ६३ पैसाले बढेर ८७६ रुपैयाँ ३० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा १० प्रतिशतले धेरै हो । सप्तकोशी डेभलपमेन्ट बैंकको सेयर मूल्य पनि १० प्रतिशत अर्थात् ७८ रुपैयाँ ७० पैसाले बढेर ८६५ रुपैयाँ ७० पैसा पुगेको छ ।
त्यस्तै आज ओम मेगाश्रीको सेयर मूल्य ७६ रुपैयाँ ९० पैसाले बढेर ८४६ रुपैयाँ ६० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९९ प्रतिशतले धेरै हो । त्यस्तै राप्ती हाइड्रोको सेयर मूल्य पनि ९.९७ प्रतिशत अर्थात् ३२ रुपैयाँ ३६ पैसाले बढेर ३५६ रुपैयाँ ८० पैसा पुगेको छ । त्यस्तै आज ग्रिन डेभलपमेन्ट बैंकको सेयर मूल्य १०५ रुपैयाँ ३८ पैसाले बढेर १ हजार १६१ रुपैयाँ ८३ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ९.९७ प्रतिशतले धेरै हो ।
धेरै गुमाउने पाँच कम्पनीमा तीन वटा डिबेन्चर
आज सेयर बजार उच्च अंकले बढेर कारोबार बन्द हुँदा १५ कम्पनीको सेयर मूल्य घटेको छ । सेयर बजार घट्ने कम्पनीमध्ये शीर्ष पाँच कम्पनीमा तीन वटा डिबेन्चर रहेका छन् । त्यस्तै आज एक एक वटा म्युचुअल फण्ड, र लघुवित्त कम्पनी रहेका छन् । आज सेयर बजारमा विन नेपाल लघुवित्त, एनएमबी ५०, सुन्चुरी डिबेन्चर २०८८, एनसीसी डिबेन्चर २०८६ र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक डिबेन्चर २०८४ रहेका छन् । आज विन नेपाल लघुवित्तको सेयर मूल्य ७५ रुपैयाँ ६२ पैसाले घटेर २ हजार ३६८ रुपैयाँ ३८ पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा ३.०९ प्रतिशतले कम हो ।
आज एनएमबी ५० को सेयर मूल्य २.१३ प्रतिशत अर्थात् ०.२३ रुपैयाँले घटेर १० रुपैयाँ ५८ पैसा पुगेको छ । त्यस्तै सेन्चुरी डिबेन्चरको सेयर मूल्य २३ रुपैयाँ ८० पैसाले घटेर १ हजार १६८ रुपैयाँ २० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २ प्रतिशतले कम हो । त्यस्तै एनसीसी डिबेन्चरको सेयर मूल्य २२ रुपैयाँ ८० पैसाले घटेर १ हजार ११८ रुपैयाँ ४० पैसा पुगेको छ । यो अघिल्लो दिनको भन्दा २ प्रतिशतले कम हो । आज नेपाल मेगा बैंक डिबेन्चरको सेयर मूल्य १.९६ प्रतिशत अर्थात् २० रुपैयाँ ८० पैसाले घटेर १ हजार ४२ रुपैयाँ पुगेको छ ।