
काठमाडौं । शुभमन गिल भारतीय टेस्ट क्रिकेट टोलीको नयाँ कप्तान नियुक्त भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले आउँदो जुनमा शुरू हुने इङ्गल्यान्डसँगको पाँच खेलको टेस्ट शृङ्खलाका लागि आज गिलको कप्तानीमा आज टोली घोषणा गरेको हो ।
टोलीका उपकप्तानमा विकेटकीपर ब्याटर ऋषभ पन्त रहेका छन् । इङ्गल्यान्ड भ्रमणका लागि भारतको १८ सदस्यीय टोलीमा करुण नायर, शार्दुल ठाकुर र साई सुदर्शनसम्म अटाउँदा मोहम्मद शमी भने परेका छैनन् । रोहित शर्माले टेस्ट क्रिकेटबाट सन्न्यास लिएपछि गिल कप्तानमा नियुक्त हुनुले भारतीय क्रिकेटमा नयाँ युगको शुरुआत भएको सङ्केत गर्दछ । सन् २०२२ को फेब्रुअरीदेखि भारतको नेतृत्व गरिरहेका रोहितसँगै विराट कोहली र रविचन्द्रन आश्विनले पनि टेस्टबाट बिदा लिएका छन् । २५ वर्षीय गिल टेस्टमा भारतको कप्तानी गर्ने पाँचौं कान्छा क्रिकेटर बनेका छन् ।
यस्तो छ भारतीय टेस्ट टोली : शुभमन गिल (कप्तान), यशस्वी जयसवाल, केएल राहुल, ऋषभ पन्त (उपक्तान–विकेटकीपर), ध्रुव जुरेल (विकेटकीपर), रविन्द्र जडेजा, कुलदीप यादव, जसप्रीत बुमराह, मोहम्मद सिराज, आकाश दीप, प्रसिद्ध कृष्णा, साई सुदर्शन, अभिमन्यु ईश्वरन, करुण नायर, नितिश कुमार रेड्डी, वाशिङ्टन सुन्दर, शार्दुल ठाकुर, अर्शदीप सिंह













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम