
काठमाडौं । इङ्ल्यान्डले दक्षिण अफ्रिका विरुद्धको क्रिकेटमा कीर्तिमानी जित दर्ता गराएको छ । तेस्रो एकदिवसिय खेलमा इङ्ल्यान्डले दक्षिण अफ्रिकालाई ३४२ रनको पराकिलो अन्तरले पराजित गरेको हो ।
जितका लागि ४१४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिका ७२ रनमा अलआउ भयो । पाहुना टोली ९ विकेट गुमाएको अवस्थामा कप्तान टेम्बा बावुले घाइते भएका कारण ब्याटिङ गर्न सकेनन् । यसरी इङ्ल्यान्डको ओडिआई इतिहासकै यो सबैभन्दा ठूलो रन अन्तर जित हो । ओडिआई सिरिज दक्षिण अफ्रिकाले २–१ ले जितेको छ ।
साउथह्याम्पटनमा भएको खेलमा २१ वर्षीय जेकब बेटहेलले पहिलो एकदिवसिए शतक प्रहार गरेको खेलमा घरेलु टोलिले ऐनिहासिक जित निकालेको हो । उनले ८२ बलमा ११० रन बनाए । उनले जो रुटसँग १ सय ८२ रनको साझेदारी गरे। रुटले पनि ९६ बलमा शतक पूरा गरे । अन्त्यतिर जोस बटलरले ३२ बलमा नटआउट ६२ रन जोडेपछि इङ्ल्यान्डले ५० ओभरमा ५ विकेट गुमाउँदै ४ सय १४ रनको ठूलो योगफल बनायो ।
यो तीन वर्षयताको सबैभन्दा ठूलो ओडिआई स्कोर हो । त्यस्तै इङ्ग्ल्याण्डले सन् २०१८ यता घरेलु मैदानमा बनेको उच्चतम स्कोर हो । जवाफमा दक्षिण अफ्रिकाको ब्याटिङ लाइनअप ध्वस्त भयो। जोफ्रा आर्चरले सुरुवातमै ४ विकेट लिँदै दक्षिण अफ्रिकालाई खुलेर खेल्न दिएनन् । उनले ४ विकेटका लागि १८ खर्चे । आदिल राशिदले १३ रन खर्चेर ३ विकेट लिए ।













समाचार
खुम्बु क्षेत्रमा हिमपात,सात विदेशी पर्यटकको उद्धार
हप्तादिनमा ४५०० रुपैयाँले घट्यो सुनको मूल्य, तोलाको ३ लाख मुनि
करिब साढे १७ अंक घट्यो सेयर बजार, ६ अर्ब २८ करोडको कारोबार
दोहोरो बायुको प्रभाव, कहाँ कहाँ हुँदैछ अति भारी वर्षा ?
यस्तो छ शनिबारका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात
पाल्पामा पहिरोले दुई घर भत्किए, एक महिला बेपत्ता
अरुण नदीमा पानीको बहाव बढेपछि अरुण तेस्रोको ड्याम निर्माण रोकियो
करेन्ट लागेर बारामा एकको मृत्यु, चार जना घाइते
सीका लागि ट्रम्पको राजकीय रात्रिभोज