
काठमाडौं । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ । अमेरिकाको न्युयोर्क न्यु जर्सी स्टेडियममा भएको खेलमा उपाधि दावेदार जर्मनीलाई २–१ ले हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश गरेको हो ।
सुरुवाती अग्रता जोगाउन नसक्दा जर्मनी पराजित हुन पुग्यो । जर्मनीले खेलमा दोस्रो मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । लेरोय सानेले गोल गर्दै जर्मनीलाई अग्रता दिलाएका थिए । तर, खेलको ९ औँ मिनेटमा निल्सन एङ्गुलोले गोल गर्दै इक्वेडरलाई बराबरीमा फर्काए । खेलको ७७ औं मिनेटमा इक्वेडरले गोल गर्दै अग्रता लियो । गोन्जालो प्लाटाले इक्वेडरलाई अग्रता दिलाए । त्यसपछि गोल नहुँदा इक्वेडरले शानदार जित निकाल्यो ।
समूह ‘इ’ मा इक्वेडरसँग पराजित भएको जर्मनी विजेता र आइभोरी कोस्ट उपविजेता बन्दै नकआउटमा प्रवेश गर्दा इक्वेडर तेस्रो भएका टोलीमध्ये उत्कृष्ट ८ मा पर्दै नकआउट चरणमा पुगेको हो । जर्मनी र आइभोरी कोस्टले समान ६ अंक जोड्दा इक्वेडरले ४ अंक बनायो । एक अंक जोडेको कुरासाओ प्रतियोगिताबाट बाहिरियो ।













समाचार
मिथिला क्षेत्रमा आजदेखि दसैँको रौनक, ४० स्थानमा दुर्गा मेला
निःशुल्क आँखा शिविरबाट ९५४ जना लाभान्वित, १०३ जनाको शल्यक्रिया
देशभर ३१ वटा विपद्का घटनामा एक जनाको मृत्यु, १६ घाइते
विश्वकप क्रिकेट लिग–२ मा नेपालले आज क्यानडासँग खेल्दै
चेल्सीको फराकिलो जित
गोरखाको चुमनुम्ब्रीमा आकस्मिक बाढी, खोला थुनिएको आशंका
महामन्त्री खुलामा पौडेल र पुनको अग्रता, महिलातर्फ संग्रौला अगाडि
पोर्चुगलका कप्तान रोनाल्डो निलम्बित
झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ
वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै भोजपुरका लक्ष्मीप्रसाद