
काठमाडौं । इङ्ग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले ब्राजिली मिडफिल्डर क्यासेमिरो सिजनको अन्त्यमा क्लब छाड्ने पुष्टि गरेको छ। क्लबका अनुसार उनको चार वर्षे सम्झौता यो सिजनपछि समाप्त हुँदैछ।
ओल्ड ट्राफोर्डमा बिताएको कार्यकालमा क्यासेमिरोले एफए कप र इङ्ग्लिस लिग कप जित्न सफल भए। आफ्नो बिदाइबारे प्रतिक्रिया दिँदै उनले युनाइटेडप्रति गहिरो भावनात्मक सम्बन्ध रहेको बताए। ‘म म्यानचेस्टर युनाइटेडलाई जीवनभर सम्झिरहनेछु। यो सुन्दर रंगशालामा पहिलोपटक प्रवेश गर्दा नै मैले ओल्ड ट्राफोर्डको जोश र समर्थकहरूको माया महसुस गरेको थिएँ,’ क्यासेमिरोले भने।
३३ वर्षीय मिडफिल्डर सन् २०२२ मा ६ करोड डलरमा रियल मड्रिडबाट युनाइटेडमा आएका थिए। रियलमा रहँदा उनले तीन ला लिगा उपाधि र पाँच च्याम्पियन्स लिग जितेका थिए। यद्यपि, प्रिमियर लिगमा उनले रियलमा जस्तो उत्कृष्ट प्रदर्शन दोहोर्याउन सकेनन्। तर, सन् २०२३ मा न्युक्यासलविरुद्धको लिग कप फाइनलमा गोल गर्दै युनाइटेडको उपाधि जितमा महत्त्वपूर्ण भूमिका खेले। अहिलेसम्म उनले युनाइटेडका लागि १४६ खेल खेल्दै २१ गोल गरेका छन्।
सिजनपछि फ्री एजेन्ट बन्ने क्यासेमिरोले भविष्यका योजनाबारे भने खुलाएका छैनन्। युनाइटेड हाल संक्रमणकालमा छ। हालै मुख्य प्रशिक्षक रुबेन आमोरिमको बिदाइपछि टोली पुनःसंरचनाको चरणमा छ। क्यासेमिरोको कार्यकालमा आमोरिम दोस्रो प्रशिक्षक थिए, जो पदबाट हटाइएका हुन्। पूर्वखेलाडी माइकल क्यारिकलाई सिजनको अन्त्यसम्मका लागि अन्तरिम मुख्य प्रशिक्षकको जिम्मेवारी दिइएको छ।
युनाइटेड हाल लिग तालिकाको पाँचौं स्थानमा रहँदै आगामी सिजनको च्याम्पियन्स लिग छनोट लक्ष्य बनाइरहेको छ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम