
काठमाडौं । पेरिस सेन्ट–जर्मेन (पिएसजी) अमेरिकामा जारी फिफा क्लब विश्व कपको फाइनलमा पुगेको छ । रियल मड्रिडलाई बुधवार ४–० ले हराउँदै फ्रेन्च टोली पिएसजी उपाधि नजिक पुगेको हो ।
पिएसजीका फाबियन रुइसले २ गोल गर्दा, ओस्मान डेम्बेले र गोनसालो रामोसले समान १ गोल गरे। खेलको सुरुवाती २४ मिनेटमै पिएसजीले ३ गोल गर्दै रियलको डिफेन्स तहस नहस बनायो। पिएसजीले आइतबार चेल्सीसँग फाइनल खेल्नेछ । पिएसजी र रियलबीचको खेल न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको थियो। ७७ हजारभन्दा बढी दर्शकबीच निकै गर्मीमा खेल भएको थियो। तापक्रम ३८ डिग्री सेल्सियस पुगेको थियो । रियल टोलीले यो खेलभन्दा केही दिनअघि फ्लोरिडा यात्रा गरेर फर्किएको थियो। थकान र समन्वय अभावको असर खेलमा प्रष्ट देखियो ।
छैटौं मिनेटमा रुइसले पहिलो गोल गरे । नवौं मिनेटमा डेम्बेलेको गोल गरे । २४ औं मिनेटमा रुइसले अर्को गोल गर्दा पिएसजीले खेल पूर्ण रुपमा नियन्त्रणमा लियो । खेल सकिन ३ मिनेट बाँकी रहँदा रामोसको गोल गर्दै जितलाई थप सहज बनाए । रियलका डिफेन्डरको गल्तीमा पहिलो दुई गोल सम्भव भएको थियो ।
रियलका किलियन एम्बाप्पेले पहिलो रोजाइमा खेले पनि खास प्रभाव पार्न सकेनन् । लुका मोड्रिचले ६४ औं मिनेटमा मैदान प्रवेश गरे । रियलबाट त्यो उनको अन्तिम खेल थियो। एडर मिलिटाओ चोट मुक्त भएर मैदानमा फर्किए।













समाचार
३२ औँ विश्व आदिवासी दिवस आइतबार, सबैलाई उपस्थितिका लागि शेर्पासंघको आग्रह
आइएमई लाइफले असारमा भुक्तानी गर्यो ७ करोड ६ लाख रुपैयाँ दाबी
मिडिया काउन्सिल विधेयक मस्यौदामाथि छलफल : प्रेस स्वतन्त्रता र जिम्मेवार पत्रकारितालाई बलियो बनाउनुपर्ने सुझाव
अजित मिजारका परिवारसँग मन्त्री बादीको भेट, न्यायका लागि समन्वय र पहल गर्ने प्रतिबद्धता
पोडवे निर्माणसम्बन्धी औपचारिक सम्झौतापत्रमा हस्ताक्षर
सीमा क्षेत्रबाट अवैध सामान तथा लागुऔषध बरामद
कैलाश हेलिकप्टरको ३९ करोड ४० लाखको कारोबार
राष्ट्रसेवक कर्मचारीको १० प्रतिशत प्रोत्साहन भत्ता भुक्तानी गर्न महालेखाको परिपत्र
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरतः उद्योगमन्त्री
राष्ट्रिय भेलालाई शेरबहादुर देउवाले सम्बोधन गर्ने