काठमाडौं । आज सेर बजार सामान्य बढेर काराेबार बन्द भएकाे छ । आज बजार मापन गर्ने सूचक ०.८५ अंकले बढेर परिसूचक २६७५.६२ बिन्दु कायम भएको छ ।
बजार स्थिर बन्दा कारोबार रकम भने घटेको छ । यो दिन ३१८ कम्पनीको १ करोड ४२ लाख ९९ हजार ३९४ कित्ता सेयर ६ अर्ब ५२ करोड ७८ लाख ३९ हजार ५८१ रुपैयाँको सेयर कारोबार भएको छ ।
कारोबारमा बैंक, विकास बैंक, जलविद्युत, उत्पादन तथा प्रशोधन र ट्रेडिङ समूहको उपसूचक बढेको छ भने बाँकी समूहको घटेको छ । कारोबारमा ८५ कम्पनीको मूल्य बढेको छ भने १६१ कम्पनीको घटेको छ । कारोबारमा ५ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा युनिभर्सल पावर कम्पनी अग्रस्थानमा रहेको छ । कम्पनीको ६३ करोड ५८ लाख १९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । दोस्रो र तेस्रो स्थानमा राधी विद्युत कम्पनी र ङादी ग्रुप पावर कम्पनी रहेको छ ।