
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डस्ट्रिज लिमिटेडको आईपीओ बाँडफाँट सम्पन्न भएको छ। बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले आज आईपीओ बाँडफाँट गरेको हो।
आईपीओमा कुल १६ लाख ९१ हजारभन्दा बढी आवेदकको हात रित्तो भएको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १९ लाख ४२ हजार ६८२ जनाले आवेदन दिएका थिए । आइपीओमा २ अर्ब १७ करोड २ लाख ८ हजार रुपैयाँ बराबरको २ करोड १७ लाख २ हजार ८० कित्ताका लागि आवेदन परेको थियो। कम्पनीले गत असोज २६ गतेदेखि २९ गतेसम्म सर्वसाधारणका लागि कुल २५ लाख १० हजार ४९३ कित्ता सेयर निष्कासन गरेको थियो।
आईपीओमा मागभन्दा ८.६४ गुणा बढी आवेदन परेकाले बाँडफाँट गोलाप्रथाको आधारमा गरिएको हो। त्यसअनुसार २ लाख ५१ हजार ४९ जनाले सेयर प्राप्त गरेका छन् । तीन जनाले अतिरिक्त १/१ कित्ता थप पाई ११ कित्ताका दरले सेयर प्राप्त गरेका छन्।
यी तीन तरीकाबाट हेनुस् नतिजा
आईपीओको नतिजा अनलाइनमार्फत सार्वजनिक गर्ने तयारी सुरु गरिएको र केही समयमै नतिजा सार्वजनिक हुने जानकारी बिक्री प्रबन्धक नबिल इन्भेष्टमेण्ट बैंकिङ लिमिटेडले दिएको छ। अनलाइनमा नतिजा प्रकाशित भएपछि लगानीकर्ताले निम्न तीन माध्यमबाट सजिलै आफ्नो आईपीओको नतिजा हेर्न सक्नेछन्।
सिडीएसको वेबसाइट: https://iporesult.cdsc.com.np/
बिक्री प्रबन्धकको वेबसाइट: https://result.nabilinvest.com.np/search/ipo-share
सिडीएससीको मेरो सेयरको वेबसाइट: https://meroshare.cdsc.com.np/#/login












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू