
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले आर्थिक सहयोगको घोषणा गरेको छ।
संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको हो। यसका साथै बाढी प्रभावितहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पनि सुरु गरिएको संस्थाले जनाएको छ।
दृष्टि आई केयर सिस्टमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. भाइराजा श्रेष्ठका अनुसार, संस्थाको तर्फबाट १२ लाख १ हजार रुपैयाँ र सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख रुपैयाँ गरी कुल १६ लाख १ हजार रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ।
बाढी प्रभावित नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै संस्थाले आफ्ना विभिन्न शाखाहरूमार्फत निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा सञ्चालनमा ल्याएको छ। यो निःशुल्क सेवा काठमाडौंको कलंकीस्थित दृष्टि आई केयर सेन्टर, धादिङको गल्छी सामुदायिक आँखा उपचार केन्द्र र नुवाकोटको बट्टार दृष्टि आई केयरबाट लिन सकिनेछ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम