
काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनाका लागि दृष्टि आई केयर सिस्टमले आर्थिक सहयोगको घोषणा गरेको छ।
संस्थाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १६ लाख १ हजार रुपैयाँ सहयोग गर्ने भएको हो। यसका साथै बाढी प्रभावितहरूलाई लक्षित गरी निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा पनि सुरु गरिएको संस्थाले जनाएको छ।
दृष्टि आई केयर सिस्टमका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत डा. भाइराजा श्रेष्ठका अनुसार, संस्थाको तर्फबाट १२ लाख १ हजार रुपैयाँ र सम्पूर्ण कर्मचारीहरूको एक दिनको तलब बराबरको ४ लाख रुपैयाँ गरी कुल १६ लाख १ हजार रुपैयाँ कोषमा जम्मा गर्ने व्यवस्था मिलाइएको छ।
बाढी प्रभावित नागरिकहरूको स्वास्थ्यलाई मध्यनजर गर्दै संस्थाले आफ्ना विभिन्न शाखाहरूमार्फत निःशुल्क आँखा परीक्षण तथा उपचार सेवा सञ्चालनमा ल्याएको छ। यो निःशुल्क सेवा काठमाडौंको कलंकीस्थित दृष्टि आई केयर सेन्टर, धादिङको गल्छी सामुदायिक आँखा उपचार केन्द्र र नुवाकोटको बट्टार दृष्टि आई केयरबाट लिन सकिनेछ।












समाचार
एभीएमका प्रजित र वियंका च्याम्पियन
१५ देशका १८७ पर्यटकको उद्धार, ४२० अझै सम्पर्कविहीन
मंगोलियाका आउटसाइड हिटर उरानबायरले अन्नपूर्णबाट एनपिएल खेल्ने
परिवारसँग अटो शो घुम्न जाँदै हुनुहुन्छ ? नछुटाउनुहोस् यी चिज
बाढी प्रभावित जिल्लामा सहयोग सामग्री पुर्याउन निर्माण व्यवसायी महासंघले सवारी साधन जुटाउँदै
बाढीपीडितका लागि युरोपियन युनियनले २० लाख युरो सहयोग गर्ने
जलविद्युत् आयोजनाबाट अझै ८९८ जना सम्पर्कविहीन, ३६१ जनाको उद्धार
नेपाल शेर्पा संघले संकलन गर्यो भोटेकोशी बाढीमा बेपत्ता शेर्पाहरूको विवरण
गोरु पाल्न बाजुराका १५६ किसानलाई पाँच हजार प्रोत्साहन रकम
नेपालका बाढी प्रभावितका लागि लायन्स अन्तर्राष्ट्रियबाट ३ करोड ८ लाख रुपैयाँ राहत सहयोग