
काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले नेपालको ऊर्जा क्षेत्रमा सहयोग पुर्याएका एसियाली विकास बैंक (एडीबी) लाई धन्यवाद दिँदै आगामी दिनमा सहयोग निरन्तर हुनेमा आशावादी रहेको बताएका छन् ।
फोटो पत्रकार क्लब (पीजे क्लब) ले एसियाली विकास बैंकसँगको सहकार्यमा आयोजना गरेको फोटो प्रदर्शनीपछि आइतबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले फोटो प्रदर्शनीले नेपाल सरकार र एडीबीबीच ५० वर्षे सहकार्यमा नेपालको ऊर्जा क्षेत्रमा भएका विकासलाई दृश्यमार्फत प्रस्तुत गरिएको र प्रदर्शनीले नेपालको ऊर्जा विकासमा एडीबीको भूमिकालाई स्पष्ट पारेको उल्लेख गरे ।
हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत अर्जुन गौतम, स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष आनन्द चौधरी र कलाकार विजय बराललगायत विशिष्ट व्यक्तित्व, विभिन्न विद्यालय ,कलेज तथा आमसर्वसाधारणले अवलोकन गरेका थिए।
नेपालको ऊर्जा क्षेत्रको विकासमा ९एसियाली विकास बैंक० एडीबी र नेपाल सरकारबीच सहकार्य पाँच दशक पुगेको अवसरमा नेपाल आर्ट काउन्सिल, बबरमहलमा सप्ताहव्यापी फोटो प्रदर्शनी गरेको हो । अवलोकनपछि पत्रकारहरुसँग बोल्दै हाइड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीका प्रमुख कार्यकारी अधिकृत गौतमले यस प्रदर्शनीवाट नेपालको ऊर्जा क्षेत्रको विकासमा एडीबीले पुर्याएको सहयोग र नेपालमा ऊर्जा उत्पादन, प्रसारण तथा वितरण लाइन एवं सुदृढीकरणमा एडिवीको कति भूमिका छ भन्ने देखाएको बताए ।
स्वतन्त्र ऊर्जा उत्पादक सङ्घका उपाध्यक्ष आनन्द चौधरीले नेपालको ऊर्जा विकासमा एडिबीको सहयोगको पाटोलाई यस फोटो प्रदर्शनीले देखाएको उल्लेख गरे । प्रदर्शनी उत्पादन, प्रसारण, वितरण र ‘बियोन्ड द मिटर’ गरी चार विधामा विभाजन गरिएको छ ।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू