
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले महामारी नियन्त्रणका लागि मनसुनजन्य विपद् सुरु हुनुअघि नै आवश्यक पूर्वतयारी तथा रोकथामका लागि तयारी थालेको छ ।
वर्षायाममा विभिन्न सङ्क्रमण, रोग तथा महामारीको सम्भावनालाई दृष्टिगत गरी स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले तयारी बैठक गरेर समयमै प्रतिकार्य तथा रोकथाम सम्बन्धमा छवटा निर्णय गरेको उनको निजी सचिवालयले जनाएको छ ।
विपद् प्रतिकार्य तथा महमामारी नियन्त्रणमा संलग्न स्वास्थ्य अधिकारीहरुसँग आज भएको बैठकमा मन्त्री पौडेलले स्वास्थ्य अधिकारीहरुलाई समस्या समयमा नै पहिचान गरेर तयारी गर्न निर्देशन दिए।
मन्त्री पौडेलको निजी सचिवालयका अनुसार अब महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सेवा विभागले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाअनुसार सम्भावित महामारी हुने स्थानको पहिचान गरी सरसफाई र शुद्ध पानीको प्रयोग र व्यवस्थापनका लागि आवश्यक तयारी गर्नेछ ।
साथै, शुद्ध पानीको प्रयोगका लागि स्थानीय तहसम्मै प्रभावकारी सूचना सामग्री सम्प्रेषणका लागि राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रले काम थाल्नेछ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सबै स्थानीय तहका द्रुत प्रतिकार्य समूहसँग भर्चुअल बैठक गरेर आवश्यक सूचना संकलनका साथै तथा तयारी अघि बढाउनेछ ।
महाशाखाले सातै प्रदेशमा स्वास्थ्यजन्य विपद् नियन्त्रणका लागि तालिमप्राप्त व्यक्तिको विवरण अद्यावधिक गरेर आवश्यकता अनुसार खटाउने छ । यसैगरी, राष्ट्रिय आपतकालिन कार्य सञ्चालन केन्द्र तथा राष्ट्रिय तथा प्रादेशिक स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्रसँग समन्वय गरी आवश्यक तयारी थालिने छ । ‘सङ्क्रामक रोग ऐन, २०२०’ लाई बदलिँदो परिस्थिति तथा आवश्यकताअनुसार संशोधन गर्न स्वास्थ्य सेवा विभागले एक साताभित्र आवश्यक तयारी गरेर मन्त्रालयमा पेस निर्णय बैठकले गरेको छ ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल