
बागलुङ । गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बीपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । भिरालो जग्गामा ५१ लाख रुपैयाँ लगानीपश्चात सुन्दर पार्क र भ्यू पोइन्ट निर्माण गरेपछि आन्तरिक पर्यटक गर्मी छल्न यहाँ आउने गरेका हुन् । मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले पनि यो गन्तव्य पर्यटकको रोजाइमा परेको हो ।
बागलुङ बजारको छेउमा रहेकाले साँझको समयमा बाटिकामा रमाउने र भ्यू पोइन्ट अवलोकन गर्न आउनेको भीड लाग्ने गरेको बिपी पार्क निर्माण समितिका अध्यक्ष महेन्द्र आचार्यले जानकारी दिए । बजारको कोलाहल बिर्साउन पर्यटक आउने गरेको अधिकांशको भनाइ छ ।
पार्कमा फुलेका फूलले पर्यटकलाई मोहित बनाउने गरेको यहाँ घुम्न आएका आन्तरिक पर्यटक सन्तोष रानाले बताए । पार्कमा दूबो रोपिएको छभने सजावटका लागि फूल रोप्नुका साथै बस्नका लागि बिसौनी, चौतारा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ ।
भ्यू पोइन्टबाट कालीगण्डकी नदी, निरयघाट र पर्वत जिल्लाको विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । ‘झाडीले भरिएको अव्यवस्थित खोँच अहिले पर्यटकीय गन्तव्य बनेको छ, गर्मीयाममा साँझपख पार्कमा मानिसको भीड नै लाग्ने रहेछ’, रानाले भने, ‘पार्कमा मुस्ताङ र ढोरपाटन पुगेका पर्यटकसमेत यहाँ आएको भेटेँ ।’
पार्कको पूर्वाधार निर्माणमा हालसम्म रु ५१ लाख ७६ हजार खर्च भइसकेको बिपी उद्यान समितिका अध्यक्ष आचार्यले जानकारी दिए। चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाद्वारा पाँच लाख रुपैयाँ बजेटमा भ्यू पोइन्ट थप व्यवस्थित गरिएको छ ।
रामरेखामा मध्यपहाडी लोकमार्गसँगै सहिदपार्क, मदन आश्रितपार्क, बिपी पार्क, मनिलाल भ्यू पोइन्ट र डिबी पार्क गरी पाँच वटा पार्क छन् ।













समाचार
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
हिमालयन लघुवित्तले कमायो १० करोड ६६ लाख नाफा, अन्य सूचक कस्ता?
आइसिएफसि फाइनान्सको नाफा उच्च गिरावट, अन्य सूचक कस्ता ?
महुली लघुवित्तको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति ?
साप्सु कालिका हाइड्रोपावरको साधारणसभा भदौ ५ गते, के-के छन् एजेण्डा ?
‘घुम्ने संस्कृतिले आन्तरिक पर्यटनमा टेवा’
राष्ट्रियसभाको बैठक बस्दै, के छन् एजेन्डा?
धार्मिक पर्यटकलाई लोभ्याउँदै सिसमहल
साउनको तेस्रो सोमबार : सुन्दरीजलमा बोलबम भक्तजनको घुइँचो
इरानप्रति ट्रम्पको ‘यु–टर्न’ : आक्रमण रोकेर वार्ताको घोषणा