
काठमाडौं । निवर्तमान अर्थमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले सरकार बलियो भनिए पनि बलियो बजेट नआएको बताएका छन् । ‘बलियो सरकार हो, बलियो खालको बजेट आउनुपथ्र्यो । तर आशा जगाउन सकेन’, बजेटबारे पुनले भने । बजेटको आकार बढेपनि छरिएर आएको उनले बताए ।
‘आकार अलि ठूलो भयो । गत वर्ष भन्दा एक खर्ब एक अर्ब ठूलो छ । संशोधित अनुमान हेर्दा झन् ठूलो आकार (२० प्रतिशत भन्दा बढी) को आएको छ । तर अलि छरिएर के गर्न खोजेको भन्ने देखिएन’ उनले भने । पुनले आफूले चालु आर्थिक वर्षका निम्ति प्रस्तुत गरेको बजेटसँग यो बजेटलाई तुलना गरेका छन् । ‘गत वर्ष बजेटमा हामीले अर्थतन्त्र रुपान्तरणका पाँच क्षेत्र भनेका थियौं । अहिले कुन क्षेत्र फोकस हो, त्यो पनि छैन’ उनले भने, ‘सात प्रदेशलाई सात वटा विशेषतामा विकास गर्ने भनिएको थियो । त्यसबारे केही बोलेको छैन । गण्डकी आर्थिक त्रिभुज लगायतको चर्चा थियो । यसपटक त्यस्ता पनि छैनन् ।’
त्यसैले अर्थतन्त्र चलायमान र आशावादी बनाउनेगरी नआएको उनको प्रतिक्रिया छ । ‘आशा जगाउने, अर्थतन्त्र चलायमान बनाउने भन्दा पनि जस्तो छ, नियमित रुपले गर्यौं भन्ने खालको नियमत बजेटका रुपमा आएको छ’ पूर्वअर्थमन्त्री पुनले भने ।













समाचार
विदेशबाट भाइले पठाइदिएको मोबाइलले खिचेको तस्बिर बन्यो उत्कृष्ट
प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना
व्यावसायिक कफी खेतीमा रमाउँदै ‘देवीराम’
साउनको अन्तिम सोमबारः बोलबम यात्रा गर्न भक्तजन सुन्दरीजलमा
मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
लामो समयदेखि पुल नबन्दा जोखिम बढ्दै
धुन्चेमा ग्यास आपूर्ति व्यवस्थापनका लागि आकस्मिक अनुगमन
एक वर्षमा एक करोड २० लाख बक्यौता उठ्यो
इंग्ल्यान्डका अलराउन्डर जैब सुदूरपश्चिम रोयल्समा