स्कटल्याण्डद्वारा नेपालसामु २९७ रनको लक्ष्य प्रस्तुत

काठमाडौं । आइसिसी विश्वकप लिग टु अन्तर्गतको चौथो राउण्डको त्रिकोणात्मक सिरिजको पहिलो खेलमा स्कटल्याण्डले नेपाललाई २९७ रनको लक्ष्य दिएको छ । स्कटल्याण्डको फोर्थहिलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको घरेलु टोलीले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २९६ रन बनाए पछि नेपालले २९७ रनको लक्ष्य पाएको हो ।

स्कटल्याण्डका लागि चाल्र्स टेयर्सले सर्वाधिक ८० रन जोडे । त्यस्तै फेन्ली म्याक्रिथले ५५ रनको योगदान दिए । कप्तान रिची बेरिङ्टन ४० रनमा आउट भए । त्यस्तै म्याथ्यु क्रसले पनि टोलिका लागि ३९ रनको योगदान दिए । आउट भए । क्रस सन्दीप लामिछानेको बलमा कुशल भुर्तेलबाट क्याच आउट भए । नेपालका लागि सोमपाल कामी, करण केसी र रिजन ढकालले समान २–२ तथा सन्दीप लामिछानेले १ विकेट लिए ।

२९७ रनको लक्ष्य सहित जबाफि ब्याटिङ गरेको नेपालले यो समाचार तयारपार्दासम्म १५ ओभरमा २ विकेट गुमाएर ९४ रन बनाएर खेलिरहेको छ । नेपालका लागि कुसल भुर्तेल ५३ रनमा आउट भएका छन् । अहिले कप्तान रोहित पौडेल र भीम सार्की क्रिजमा रहेका छन् ।

८ टोली सहभागी लिग टु ओडिआई विश्वकप २०२७ को छनोट सिरिज हो । लिगको अन्तिममा शीर्ष ४ मा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउँने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाल १२ खेलमा ६ अंकका साथ लिग तालिकाको पुछारमा छ । स्कटल्याण्ड सिरिजमा घरेलु टोली र नेपाल सहित नेदरल्याण्ड्सको समेत सहभागीता रहेको छ । स्कटल्याण्ड १६ खेलमा २० अंकका साथ चौथो र नेदरल्याण्ड्स २० खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

 

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार