
स्याङ्जा । स्याङ्जाको भीरकोट नगरपालिका–९ चराङ गहतेमा स्याउ उत्पादन थालिएको छ । यहाँ दुई वर्ष अगाडि परीक्षणका लागि स्याउ लगाउन सुरु गरिएको थियो ।
भीरकोट–९ का वडा सदस्यसमेत रहनुभएका चराङ गहतेका ललित गुरुङ र ईमानप्रसाद गुरुङले परीक्षणका लागि लगाएको स्याउ यसवर्ष लटरम्म फलेको छ । “दुई वर्ष अघि स्याउका बेर्ना किनेर परीक्षणका लागि लगायौँ”, ललितले भने, “फल्छ की फल्दैन भन्ने अन्योल थियो । अहिले लटरम्म फलेको छ ।”
गत वर्ष ५–७ दाना मात्र फलेको उनले बताए । स्याउका लागि यहाँको हावापानी अनुकुल रहेको पाइएको छ । समुद्री सतहदेखि झण्डै एक हजार ५०० मिटर उचाइमा रहेको चराङ गहतेमा परीक्षणका लागि लगाइएको स्याउले राम्रो उत्पादन दिन थालेपछि अब व्यावसायिक रुपमा स्याउ उत्पादन गर्न थालेको उनले बताए ।
“अब स्याउका बेर्ना ल्याएर व्यावसायिकरुपमा अगाडि बढ्ने तयारीमा छौँ”, ललितले भने । स्याउको यावसायिक उत्पादनबारे कृषि प्राविधिकसँग समन्वय छलफल गरिरहेको उनले बताए । चराङ गहतेमा स्याउ उत्पादन सफल भएसँगै अहिले त्यहाँका स्थानीय खाली रहेका जमिनमा व्यावसायिक रुपमा स्याउ खेती गर्नेतर्फ आकर्षित हुन थालेका छन् । कृषि ज्ञान केन्द्र स्याङ्जाका प्रमुख विनोद हमालले यसबारे जानकारी प्राप्त नभएको बताए । “उत्पादन भएको स्याउको गुणस्तर पत्त ा लगाउँदै छौँ,” उनले भने ।












समाचार
संविधान दिवसमा नेपाल टेलिकमको अफर, ४९९ रुपैयाँमा दैनिक ५ जीबी डाटा
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार