नेप्सेको ओरालो यात्रा कायमै, परिसूचक ११ अंकले घट्दा कारोबारमा सुधार

काठमाडौं । साताको सेयर कारोबार हुने पहिलो दिन आइतबार नेप्से परिसूचक घटेर कारोबार भएको छ । आज सेयर बजार परिसूचक ११.०६ अंकले घटेर २६२९.८९ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १६२ कम्पनीको सेयर मूल्य घटेको छ भने ८६ कम्पनीको सेयर मूल्य मात्रै बढेको छ । आइतबार ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि २.०५ अंकले घटेर ४४९.२७ विन्दुमा पुगेको छ । आज सेयर बजारमा १३ उपसूचकमध्ये ११ वटाको सेयर मूल्य घटेको छ भने २ वटाको मात्रै बढेको छ ।

परिसूचक घटेको दिन कारोबार रकममा भने सुधार देखिएको छ । अघिल्लो कारोबार दिन (बिहीबार) ७ अर्ब ९७ करोड माथिको कारोबार भएको बजारमा आज ९ अर्ब १३ करोड ७४ लाख १४ हजार ९१८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा ३१३ कम्पनीका १ करोड ९९ लाख ९२ हजार १८३ कित्ता सेयर ८६ हजार ६३६ पटक खरिद बिक्री हुँदा उक्त रकमको कारोबार भएको हो ।

आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने एउटा कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ । आज रिभर फल्स पावर र पियोर इनर्जीको सेयर मूल्यमा सकारात्मक र ओम मेगाश्री फर्मास्युटिकल्सको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार