
गोदावरी । गौरीगङ्गा नगरपालिका–१ चौमालामा रहेको मोहन्याल धार्मिक वन क्षेत्रभित्र नक्षत्र बाटिका निर्माण भएको छ । प्राकृतिक सौन्दर्य र मौलिक धार्मिक संस्कृति जोगाउने उद्देश्यले नक्षत्र बाटिका निर्माण गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइ कार्यालयका निमित्त प्रमुख डबलबहादुर बोहराले बताए।
वन उपभोक्ता समितिमार्फत प्रदेश सरकारको २७ लाख रुपैयाँको लागतमा सो बाटिका निर्माण गरिएको हो । वास्तुशास्त्रअनुसार नौ ग्रह, १२ राशि र २७ नक्षत्रको सन्तुलन मिलाएर बाटिका निर्माण गरिएको निमित्त प्रमुख बोहराले बताए । पूर्वीय दर्शनअनुसार ग्रह, नक्षत्रको सन्तुलन बिरुवाद्वारा हुने हुँदा २७ नक्षत्रअनुसारको २७ प्रजातिका बिरुवा पनि रोपिएका छन् ।
बाटिकामा २७ नक्षत्रअनुसारको अमला, समि, जामुन, आँक, बाँस, मौलश्री, रिट्ठा, पलाँस, डुम्री, सिसौ, पिपल, नागकेशरी, बर, बेल, अर्जुन, कङ्केरो, सिमल, राजवृक्ष, कटहर, कदम, आँप, नीम, केरा, महुवा, खयर, लहरे पीपल र वेत गरी २७ प्रजातिका बिरुवा रोपिएको उपभोक्ता समितिका सदस्य धर्म सारुमगरले बताए ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम