
काठमाडौं । साताको सेयर कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक सामान्य अंकले बढेको छ । अघिल्लो दिन पनि सामान्य अंकले बढेको बजार आज पनि २ दशमलव ८० अंकले बढेर २६५८ दशमलव ६६ विन्दुमा पुगेको हो ।
आजको कारोबार बन्द हुँदा ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.२५ अंकले घटेर ४५३.१६ विन्दुमा पुगेको छ । आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२४ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ वटै कम्पनीको सेयर मूल्य घटेर कारोबार भएको छ । आज १३ उपसूचकमध्ये ८ वटा उपसूचकको सेयर मूल्य बढेको छ भने ५ वटाको सेयर मूल्यमा गिरावट आएको छ ।
नेप्से परिसूचकसँगै आज कारोबार रकममा पनि वृद्धि भएको छ । अघिल्लो दिन ११ अर्ब ४४ करोड माथिको कारोबार भएको बजारमा आज १३ अर्ब भन्दा माथिको कारोबार भएको छ । आज सेयर बजारमा ३१८ कम्पनीका ३ करोड ३६ लाख ३७ हजार ९६६ कित्ता सेयर १ लाख ५ हजार ६३५ पटक खरिद बिक्री हुँदा १३ अर्ब १८ करोड ६८ लाख ४५ हजार ७४२ रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सेयर बजारमा दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । आज पियोर इनर्जी र पिपुल्स पावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।













समाचार
७ जिल्लाबाट लागुऔषधसहित १४ जना पक्राउ
अनलाइन ठगीबाट सतर्क रहन राष्ट्र बैंकले जारी गर्यो एड्भाइजरी, चाडपर्वमा कसरी सुरक्षित रहने ?
गोकर्णेश्वरको ब्लुपाइन पानी उद्योगमा कैफियत : सरसफाइमा कमजोरी, पानीको नमुना संकलन
क्यानडा र नेपाल भिड्दै, जित्नै पर्ने दबाबमा दुबै टोलि
बडादसैँले राष्ट्रिय एकता र समृद्ध नेपाल निर्माणमा प्रेरणा दिने राष्ट्रियसभा अध्यक्ष दाहालको विश्वास
विजयादशमी मानवीय मूल्य, नैतिकता र सदाचारको विजयको उत्सव : उपराष्ट्रपति यादव
बडादसैँले सामाजिक एकता, सद्भाव र भाइचारालाई मजबुत बनाउँछ: राष्ट्रपति पौडेल
आरुघाटमा बेलीब्रिज जडान गरिँदै
नवरात्रको सातौँ दिन : कालरात्रि देवीको पूजा गरी फूलपाती भित्र्याइँदै
यस्तो छ आजको मौसम