सेयर बजारमा सुधार, कारोबार रकम ६ अर्बमा सिमित

काठमाडौं । साताको सेयर बजार कारोबार हुने दोस्रो दिन नेप्से परिसूचक एकल अंकले बढेर कारोबार भएको छ । आज सेयर नेप्से परिसूचक ४ दशमलव ७८ अंकले बढेर २६०० दशमलव ७६ विन्दुमा पुगेको हो ।

आज सेयर बजारमा कारोबार भएका कम्पनीमध्ये १२३ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै आज एक कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ । आज ‘क’ वर्गका कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ० दशमल ९७ अंकले बढेर ४४५ दशमलव ०७ विन्दुमा पुगेको छ । आज सेयर १३ उपसूचकमध्ये ७ वटाको सेयर मूल्य बढेको छ भने ६ वटाको घटेको छ ।

नेप्से परिसूचक सामान्य बढेको दिन कारोबार रकम भने साढे ६ अर्ब भन्दा पनि कममा सिमित भएको छ । आज सेयर बजारमा ३२५ कम्पनीका १ करोड ७५ लाख ८७ हजार ३६ कित्ता सेयर ७० हजार ८३१ पटक खरिद बिक्री हुँदा ६ अर्ब ४७ करोड १९ लाख ५२ हजार ६७८ रुपैयाँ बराबरको कारोबार भएको छ । आज सेयर बजारमा एक कम्पनीमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने एउटा कम्पनीमा नकारात्मक सर्किट लागेर कारोबार भएको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार