
काठमाडौं । नेपाल राष्ट्र बैंकले एकीकृत निर्देशिका संसोधन गरेको छ । केन्द्रीय बैंकले सोमबार निर्देशिका संसोधन गरेको हो ।
संसोधित निर्देशिका अनुसार अब २ करोडसम्मका कर्जाको ब्याज नतिरेका ऋणीलाई सहुलियत दिने नीति लिएको छ । राष्ट्र बैंकले परिस्थितिवश समस्यामा परेका २ करोडसम्मका तोकिएका क्षेत्र (कृषि, उर्जा र लघु, घरेलु, साना तथा मझौला उद्यम) मा प्रवाह भएको कर्जाको हकमा ऋणीको अनुरोधमा कर्जाको पुनरतालिकीकरण गर्न मिल्ने गरि निर्देशिकामा संसोधन गरेको हो ।
यसको लागि व्यावसायिक योजना तथा नगदप्रवाह लगायतका पक्षहरुको विश्लेषण गरी आवश्यकता र औचित्यको आधारमा बुझाउनुपर्ने ब्याजको कम्तीमा १० प्रतिशत रकम असुलउपर गरी शर्त अनुसार पुनरतालिकीकरण गर्न मिल्ने जनाइएको छ । यस्तो पुनरतालिकीकरण ÷वा पुनरसंरचना २०८२ असोज मसान्तभित्र गरिसक्नु पर्नेछ । यसरी पुनरतालिकीकरण वा पुनरसंरचना गरिएको कर्जालाई २०८१ पुष मसान्तमा जुन वर्गमा वर्गीकृत गरिएको थियो कम्तीमा सोही वर्गमा वर्गीकरण गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । पुनरतालिकीकरण वा पुनरसंरचना अघि गरिएको कर्जा नोक्सानी व्यवस्था गर्न पाइने छैन ।
राष्ट्र बैंकले तोकिएको क्षेत्रमा न्यूनतम प्रवाह गर्नुपर्ने कर्जाको समय समेत बढाएको छ । २०८२ असार मसान्तसम्म १२ प्रतिशत प्रवाह गर्नुपर्ने कर्जाको समय एकवर्षको लागि बढेको छ । अब बैंक तथा वित्तीय संस्थाले २०८३ साल असार मसान्तसम्म १२ प्रतिशत कर्जा प्रवाह गर्दा हुन्छ । १५ प्रतिशत कर्जा २०८४ सम्म गर्नुपर्नेमा एकवर्षको समय थप गरेर २०८५ असार मसान्त तोकिएको छ । २ करोडसम्मको साना तथा मझौला कर्जा पुर्याउनुपर्ने सीमा समेत बढेको छ । २०८४ सम्म १५ प्रतिशत रहेको सीमालाई २०८५ साल असार मसान्त पुर्याइएको छ ।













समाचार
धितोपत्र बोर्डद्वारा ‘सार्वजनिक निष्काशनको सामान्य योग्यता सम्बन्धी निर्देशिका, २०८३’ को मस्यौदा तयार
माघमा ‘हिमालयन ग्रीन इनर्जी एक्स्पो’ आयोजना हुने, ईभी र्याली र आयोजना स्थल भ्रमण गराइने
एसियाली खेलकुद भलिबलः इन्डोनेसियासँग नेपाल पराजित
कृष्णभीरको सडक खुलेपछि तुइनखोलामा पनि सञ्चालन
भोटेकोशी बाढीः ३६ देशका ६०६ विदेशी पर्यटक अझै बेपत्ता
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
प्रधानमन्त्री दैवी प्रकोप उद्दार कोषमा होटल पौवाको ११ लाख सहयोग
२२.५ मेगावाटको जाल्दीगाड आयोजनामा ४ अर्ब ६० करोड लगानी जुट्यो
मधेस, सहकारी मन्त्रालय, काठमाडौँ महानगर र शिक्षा क्षेत्रमा सबैभन्दा धेरै उजुरी : अख्तियार
दुवै महाधिवेशन रोकौं, मध्यमार्गी बाटो खोजौं : शेखर कोइराला