
रामेछाप । समुदायको संस्कार र संस्कृति जोगाउन रामेछापका माझी जुटेका छन् । माझी जागरण केन्द्रले आफ्नो समुदायको जन्मदेखि मुत्युसम्मको सस्कार र संकृति जोगाउन समुदायमा संस्कृति संरक्षण अभियान सञ्चालन गरेको हो ।
समुदायको संस्कारका बारेमा माझी युवालाई जानकारी नहुँदा संस्कृति लोप हुने अस्थामा पुगेकाले संस्कार र संस्कृति संरक्षण र प्रवद्र्धनुसँगै पुस्तान्तरण अभियानमा जुटेको मन्थली नगरपालिका–८ का बालकृष्ण माझीले बताए । आफ्नो संस्कारका बारेमा अरु समुदायका साथै माझी समुदायका युवालाई जानकारी गराउने उद्देश्यले अभियानका रूपमा संरक्षण गर्न पहल थालिएको उनको भनाइ छ ।
यहाँका माझी समुदायको सङ्गठन मझे सावाका संयोजक बहादुर माझी र समाजशास्त्री प्राडा कृष्ण भट्टचन्दले यो समुदायको संस्कृति र पहिचाहनका बारेमा जानकारी प्रस्तुत गरेका थिए । मन्थलीको गाईखुराबाट सुरु गरिएको उक्त अभियानको मन्थली नगरपालिकाका प्रमुख लव श्रेष्ठले दीप प्रज्वलन गरी उद्घाटन गरेका थिए । कार्यक्रमका लागि आर्थिक सहयोग नेपाल आदिवासी जनजाति उत्थान प्रतिष्ठान केन्द्रीय समितिले गरेको छ ।













समाचार
दशौँ ‘राष्ट्रिय टुरिष्ट गाइड सम्मेलन’ काठमाडौँमा
झण्डा प्राविधिक कुरा हो, अर्थमन्त्रीको भारत भ्रमण उपलब्धीपूर्ण– रास्वपा
अब जनताले देशको चाबी श्रम संस्कृतिलाई हस्तान्तरण गर्ने सुदन किरातीको दाबी
पाल्पा जीप दुर्घटनामा घाइते एक जनाको मृत्यु, ५ जनाको उपचार हुँदै
बेनी हाइड्रोपावरको आईपीओ कहिले बाँडफाँड हुन्छ ?
परराष्ट्र मन्त्रालयमा वातावरण कूटनीति शाखा स्थापना
भाटभटेनीको टंगाल स्टोर भोलिदेखि पुनः सञ्चालनमा आउने
दुई महिनामामा श्रम स्वीकृति लिनेकाे संख्या १ लाख बढी
रात्रिकालीन बस सेवा सञ्चालन गर्न उपत्यकाका ९ स्थानीय तह तयार
६ महिने सुत्केरी बिदा आरामका लागि होइन, आमा र बच्चाको स्वास्थ्यका लागि हो : सांसद थपलिया