सुनचाँदीको मूल्य घट्यो कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बुधबार पनि नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । अघिल्लो दिन पनि घटेर कारोबार भएको सुनको मूल्य आज तोलामा १ हजार ५०० रुपैयाँले घटेको छ भने चाँदी तोलामा २० रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा १ लाख ९२ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन सुन तोलाको १ लाख ९३ हजार ५०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले घटेको छ । आज चाँदी तोलामा २ हजार १४० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन चाँदी तोलाको २ हजार १६० रुपैयाँमा किनबेच भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार