काठमाडौं । कर्णाली डेभलपमेन्ट बैंकका तत्कालीन अध्यक्ष पशुपति दयाल मिश्र पक्राउ परेका छन् । बैंक घोटला प्रकरणमा जोडिएका मिश्रलाई आज मध्यान्नमा नेपालगञ्जमा बाटोमा हिँडिरहेको समयमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो ।
बैंक घोटाला प्रकरणमा जोएिका मिश्रलाई आज पक्राउ गरिएको सीआईबीमा प्रवक्ता युवराज खड्काले बताए । यो प्रकरणमा पक्राउ पर्ने मिश्र तेस्रो व्यक्ति हुन् । यसअघि बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय र तत्कालीन वित्त प्रमुख देवप्रकाश सिंह ठकुरी पक्राउ परेका छन् ।
पक्राउ परेका तीन जनालाई नै नेपालगञ्जमा नै सीआईबीका डीएसपी दान थापाको नेतृत्वमा अनुन्सन्धान भइरहेको छ । यो बैंक घोटाला प्रकरणमा अन्य व्यक्ति पनि पक्राउ पर्ने सम्भावना रहेको बताइन्छ ।