एसिसी मेन्स यु–१६ इस्ट जोन क्रिकेट : टस हारेर पहिले बलिङ गर्दै नेपाल

काठमाडौं । एसिसी मेन्स यु–१६ इस्ट जोन कप क्रिकेटको फाइनमा नेपाली टोलिले टस हारेर पहिले बलिङ गरिरहेको छ । मलेसियामा टस जितेर सिंगापुरले पहिले ब्याटिङ रोजेसँगै साविक विजेता नेपालले पहिले बलिङ गरिरहेको हो ।

नेपाल घरेलु टोली मलेसियालाई हराउँदै फाइनल पुगेको हो भने सिंगापुरले भने सेमिफाइनलमा हङकङलाई पराजित गरेको थियो । नेपाल र सिंगापुर एकै समूहमा रहेका थिए । समूह चरणमा नेपालले सिंगापरलाई ६ विकेटले पराजित गरेको थियो ।

गत संस्करणको फाइनलमा मलेसियालाई २ सय २१ रनले हराउँदै नेपाल च्याम्पियन भएको थियो ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार