
आइसीसी विश्वकप लिग टु सिरिज अन्तर्गत क्यानडाले लगातार चौथो हार बेहोरेको छ । आइसीसी क्रिकेट विश्वकप लिग टु सिरिज अन्तर्गत नेदरल्यान्ड्समा अमेरिका, क्यानडा र घरेलु टोलीबीचको त्रिकोणात्मक सिरिजको पाँचौ खेलमा अमेरिकाले क्यानडामाथि ५० रनको जित हात पारेको हो ।
अमेरिकाले प्रस्तुत गरेको २ सय ७६ रनको लक्ष्य पछ्याउने क्रममा क्यानडाले ४७ ओभरमा अल आउट हुँदै २ सय २५ रन मात्र जोड्न सफल भयो । क्यानडाका लागि पर्गत सिंहले ८० बलमा सर्वाधिक ७२, श्रेयस माभ्भाले ९५ बलमा ६८ रन जोडे । आदित्य भरान्दराजनले २५, ओपनर आरोन जोनसनले १०, कप्तान निकोलस किर्तनले ९ रन जोडे । अमेरिकाका लागि शाल्डि भान साक्वयले ४, जसदिप सिंह र हरमित सिंहले समान २ तथा यासिर मोहम्मद र नोस्तुश केन्जिगेले १ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको अमेरिकाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २ सय ७५ रन जोडेको थियो । अमेरिकाका लागि ओपनर स्मिथ पटेलले सर्वाधिक ७० रन जोडे । उनले ८४ बलमा ११ चौका प्रहार गरे । आरोन जोन्सले ५३ बलमा ५०, मिलान्ड कुमारले ३० बलमा ४७, स्टेभन टेलरले ७७ बलमा ४६, कप्तान मोनांक पटेलले २६ रन जोडे । क्यानडाका लागि साद विन जाफरले ३, कलिम सानाले २ र डिलोन हेलिङ्गरले १ विकेट लिए । जितसँगै ८ टोली सहभागी लिग टु मा ४ अंकका साथ अमेरिका पाँचौ स्थानमा उक्लिएको छ ।
लिग–२ अन्तर्गत यूएईको पहिलो सिरिजमा पुबुदु दासानायाकेको प्रशिक्षणमा शत प्रतिशत जित निकालेको क्यानडा उनलाई जिम्मवारीबाट मुक्त गरेपछि दोस्रो सिरिजमा भने जितविहिन बन्यो । क्यानडा ८ अंकका साथ तेस्रो स्थानमा छ । नेदरल्यान्ड्स १० अंकका साथ शीर्ष स्थानमा छ । नेपाल २ अंकका साथ सातौं स्थानमा रहेको छ । शिर्ष चार टोलीले ओडिआई विश्वकप छनोटमा स्थान पक्का गर्ने छन् ।













समाचार
संविधानको अक्षर र भावना दुवैप्रति सरकार पूर्ण प्रतिबद्ध छ: प्रधानमन्त्री
नेपाली क्रिकेट टोलीको बिदाइ
भदौमा ५ अर्ब ९ करोडको विद्युत् निर्यात, भारत र बंगलादेशमा साढे ५६ करोड युनिट बिक्री
भारतीय उद्योगपतिलाई नेपालमा लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह
भारतद्वारा नेपाललाई १३० टनभन्दा बढी सहायता सामग्री हस्तान्तरण
प्रभु बैंकद्धारा बाढी प्रभावित परिवारहरुका लागी आश्रय स्थललाई बंक बेड हस्तान्तरण
त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला
‘रोबोटिक्स कोडिङ एआई’ अन्तर्राष्ट्रिय प्रतियोगिता, प्रतिनिधि छनोट सुरु
जेसीबी इन्डियाद्वारा भोटेकोशी बाढी उद्धारमा खटिएका दुई नेपाली ग्राहकको सम्मान
विपद्पछिको पुनर्निर्माणमा सार्वजनिक–निजी साझेदारी र एकीकृत आवास विकासमा जोड