
काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै स्विट्जरल्यान्ड फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा प्रवेश गरेको छ । क्यानडाको बिसी प्लेस भ्यानकुभर स्टेडियममा भएको राउन्ड अफ १६ को अन्तिम खेलको पेनाल्टी सुटआउटमा कोलम्बियालाई ४–३ ले हराउँदै स्विट्जरल्यान्ड ७२ वर्षपछि क्वार्टरफाइनलमा प्रवेश गरेको हो ।
निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा पनि दुवैतर्फबाट गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुटआउटमा कोलम्बियाका दुई खेलाडीले पेनाल्टी मिस गर्दा स्विट्जरल्यान्डले क्वार्टरफाइलनमा पुग्ने अवसर पायो । पेनाल्टीमा कोलम्बियाका जुआन क्विन्टेरो, जामिन्टन क्याम्पाज र लुइस डियाजले गोल गरे । डेभिन्सन सान्चेज र कुचो हर्नान्डेजले पेनाल्टीमा गोल गर्न असफल भए ।
स्विट्जरल्यान्डका ४ खेलाडीले गोल गर्दा एकजनाले गोल गर्न सकेनन् । ग्रानिट जाका, जेकी आम्दोनी, सेड्रिक इटेन र रुबेन वर्गासले गोल गर्दा म्यानुअल अकांजीले गोल गर्न सकेनन् ।
सन १९५४ को विश्वकपमा क्वार्टरफाइनलमा पुगेको स्विट्जरल्यान्ड त्यसयता समूह चरण र अन्तिम १६ बाटै बाहिरिदै आएको थियो । १३ औं पटक विश्वकप खेलिरहेको स्विट्जरल्यान्डले चौथोपटक क्वार्टरफाइनलको यात्रा तय गरेको हो । अब स्विट्जरल्यान्डले सेमिफाइनल प्रवेशका लागि साविक विजेता अर्जेन्टिनासँग खेल्नेछ ।












समाचार
यूनाइटेड अजोड इन्स्योरेन्सको अवितरित हकप्रद सेयर लिलाम बिक्रीमा
‘स्ट्रेट अफ होर्मुज’मा अमेरिकाद्धारा आक्रमण : जवाफ दिने इरानको चेतावनी
सिद्धार्थ बैंकको ४२ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
विश्वकप फुटबल : क्वाटरफाइनल समिकरण पुरा, युरोपका ६ टोलि अन्तिम ८ मा
पहिरो र नदी कटान रोक्न दग्नाममा बस्ती संरक्षण योजना
भेरी करिडोर : पुल र सडक कहिले होलान् पूरा ?
गुन्द्रुकले बदलेको ग्रामीण महिलाको जीवनस्तर
धरान औद्योगिक क्षेत्रमा पाँच नयाँ उद्योग थपिए
पुनरागमन जित निकाल्दै अर्जेन्टिना क्वार्टरफाइनलमा प्रवेश
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा धेरै भारी वर्षाको सम्भावना