
काठमाडौं । मलेसियामा जारी एसीसी महिला प्रिमियर कप क्रिकेटमा नेपाल आज भुटानसँग खेल्दैछ । समूह ‘डी’ मा रहेको नेपाल र भुटानबीचको खेल नेपाली समयअनुसार आज बिहान सवा ७ बजे शुरु हुनेछ ।
हिजोको पहिलो खेलमा कतारलाई ८ विकेटले हराउँदै नेपालले सुखद शुरुवात गरेको थियो । महिला टी–२० एसिया कपको छनोट प्रतियोगितासमेत रहेको एसीसी महिला प्रिमियर कपमा कुल १८ टोली सहभागी छन् । सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । नेपाल रहेको समूहमा कतार, भुटान र हङकङ रहेका छन् । नेपालले समूह चरणको अन्तिम खेलमा पर्सि हङकङसँग खेल्ने तालिका छ । प्रतियोगिताको हरेक समूहबाट शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछन् ।
चारवशै क्वार्टरफाइनल खेल जेठ २७ गते हुनेछ । त्यसपछि जेठ २९ गते सेमिफाइनल खेलहरू तथा जेठ ३० गते तेस्रो स्थानका लागि र फाइनल खेल आयोजना गरिनेछ । यस प्रतियोगिताबाट उत्कृष्ट चार टोली आउँदो महिला एसिया कपका लागि छनोट हुनेछन् ।













समाचार
भारतले नेपाललाई दैनिक ६५४ मेगावाट विद्युत् दिने
जेरेभलाई युएस ओपनको उपाधि
मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, बाढीबाट भएको क्षति र हराएका सवारीबारे गराए जानकारी
एमबाप्पेभन्दा बढी म बालोन डी’ओर जित्न योग्य छु: यमल
उत्पादन दिने याममा एभोकाडोको बोट मर्न थालेपछि किसान चिन्तित
पोखरा–दुबई सिधा उडान असोज पहिलो सातादेखि
हराउँदै गाउँघरको रैथाने तरकारी
बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल
प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात
बाढीपछिको पुनर्स्थापनाको लागि स्रोतको कुनै पनि कमी नहुनः प्रधानमन्त्री शाह