नेपालले खेल्ने सिरिजमा सहभागी टोली तय

काठमाडौं । अस्ट्रेलियामा आयोजना हुने टप इण्ड टि ट्वान्टी सिरिजमा सहभागी रहने सबै टोलीको टुंगो लागेको छ । सिरिजको आयोजक उत्तरी क्रिकेट संघ (एनटी)ले सोमवार विज्ञप्तीमार्फत प्रतियोगितामा ११ टोलीको सहभागिता रहने जनाएको छ ।

एनटीका अनुसार सिरिजमा सहभागी रहने अन्तर्राष्ट्रिय टोलीमा नेपालको राष्ट्रिय टोली, पाकिस्तान ‘ए’, बंगलादेश ‘ए’ र अमेरिकाको माइनर लिग विजेता सिकागो किंग्सम्यान छन् । त्यस्तै सिरिजमा बिगबास लिग (बिबिएल) का हर्बट हरिकेन्स, पर्थ स्कोर्चर्स, एडिलेट स्ट्राइकर, मेलवर्न स्टार तथा मेलवर्न रेनेगड्सका टोलीका एकेडेमी टोलीहरु सहभागी हुने छन् ।

स्थानिय दुई टोली प्रतियोगितामा सहभागिता रहने बताइएको छ । सिरिज अगस्ट १४ देखि २४ सम्म डर्विनमा हुने छ । नेपाली टोलीले अस्ट्रेलियामा यो सिरिजका साथै टि ट्वान्टी विश्व कप २०२६ को एसिया छनोटको तयारी गर्नेछ । विश्वकपको एसिया छनोट ओमानमा अक्टोबर १ देखि १७ सम्म हुनेछ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार