
काठमाडौं । नेपालको विदेशी मुद्राको सञ्चिति साढे १७ महिनासम्मको वस्तु आयात धान्न पर्याप्त रहेको देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१/८२ को ११ महिनासम्म (जेठ मसान्त) को तथ्यांक अनुसार, कुल विदेशी विनिमय सञ्चिति २५.९ प्रतिशतले वृद्धि भई २५ खर्ब ६९ अर्ब ३८ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष २०८१ असार मसान्तमा यो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँ थियो।
यही अवधिमा अमेरिकी डलरमा गणना गर्दा सञ्चिति २२.२ प्रतिशतले बढेर १८ अर्ब ६५ करोड पुगेको छ, जुन अघिल्लो वर्षको १५ अर्ब २७ करोड डलर थियो। ११ महिनाको आयातलाई आधार मान्दा, बैंकिङ प्रणालीसँग रहेको विदेशी विनिमय सञ्चिति १७.६ महिनासम्मको वस्तु आयात र १४.७ महिनासम्मको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहेको छ।
२०८२ जेठ मसान्तसम्म विदेशी विनिमय सञ्चितिको अनुपात कुल गार्हस्थ्य उत्पादनमा ४२.१ प्रतिशत, कुल आयातमा १२२.९ प्रतिशत र विस्तृत मुद्राप्रदायमा ३४.१ प्रतिशत रहेको छ। यी अनुपातहरू अघिल्लो वर्ष २०८१ असार मसान्तमा क्रमशः ३५.८ प्रतिशत, १०८.६ प्रतिशत र २९.३ प्रतिशत रहेका थिए।












समाचार
धोबीखोला वस्तीमा पस्यो
सम्पत्ति शुद्धीकरणसम्बन्धी नियम उल्लङ्घन गर्ने तीन ब्रोकरलाई कारवही
ललितपुर उद्योग वाणिज्य संघको अध्यक्षमा सुशन महर्जनको उम्मेदवारी घोषणा
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
आईपीएलको व्यावसायिक मूल्य २०.६ अर्ब डलर पुग्यो
सरकारले करदाता प्रोत्साहन उपहार कार्यक्रम सञ्चालन कार्यविधि ल्यायो, उपभोक्ताले उपहार पाउने निश्चित
आरम्भ चौतारी लघुवित्त राेजगारीकाे अवसर, माग्यो डेपुटी सीईओका लागि आवेदन
नेपाल डेरी एसोसिएसनको खिर प्रवर्द्धन कार्यक्रममा दुग्ध किसान नै प्रमुख अतिथि बने
कर्णालीमा एमाले-नेकपा सत्ता सहकार्य : मंगलबहादुर शाहीले लिए मुख्यमन्त्रीको शपथ
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू