
कैलाली । जिल्लाको धनगढी उपमहानगरपालिका–११ बाँसखेडाका परशुनारायण चौधरीले विगत १४ वर्षदेखि व्यावसायिक बङ्गुरपालन गर्दै आएका छन् । चौधरीको फार्ममा हाल भालेपोथी गरेर २७ वटा बङ्गुर छन् । उनको फार्मबाट वार्षिक ३० लाख बराबरको बङ्गुरका पाठापाठी बिक्री हुन्छ ।
खर्च कटाएर औसतमा वार्षिक १२ लाख आम्दानी हुने गरेको उनले जानकारी दिए । व्यवसाय फस्टाउँदै गएपछि आम्दानी पनि राम्रै हुन थालेको उनले बताए । बङ्गुरको पाठापाठी हुर्काएर बिक्री गर्ने उमेर पुग्न करिब एक महिना लाग्छ । एउटा पाठा वा पाठी छ हजारमा बिक्री गर्ने गरेका हुन् ।
बङ्गुरपालनबाट गरेको कमाइले उनले गाउँमा इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको बताए । “बङ्गुरपालन राम्रै फापेको छ”, उनले भने, “यो व्यवसायको कारोबार बढ्दै गयो र फाइदा हुँदै गयो, अहिले गाउँमा सानो इँटाभट्टा र मसला उद्योग सञ्चालन गरेको छु, जसबाट घर परिवारका सदस्यले काम पाए ।”
चौधरीले धनगढीस्थित भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट यसै वर्ष ९० हजार अनुदान प्राप्त गरेका छन् । अनुदान रकमले व्यवसाय गर्न अझै सहज भएको उनले बताए । उहाँ सफल कृषकका रुपमा समेत पुरस्कृत भइसकेका छन् । सुरुका वर्षमा मासु बिक्री गरेका उनले मासुका लागि बजार नपाएपछि पाठापाठी बिक्री गर्न थालेको बताए । किसानलाई व्यवसाय सहजताका लागि सरकारी तवरबाट कोल्डस्टोर, बधशाला स्थापना गरिदिए अझै सहज हुने उनको भनाइ छ ।













समाचार
गरिबी उन्मूलनका लागि बहुआयामिक दृष्टिकोण आवश्यक : परराष्ट्र सचिव राई
अकबरे खुर्सानीले बजार र मूल्य नपाउँदा भकिम्लीका किसान चिन्तित
निर्माण ढिलाइले अलपत्र बन्दै लमजुङको निर्वाचन क्षेत्र रणनीतिक सडक
बाढीपछिको पुनः स्थापना र पुनर्निर्माणका लागि अमेरिकाले थप ३१ मिलियन डलर सहयोग गर्ने
नेपाल र ग्रेनाडाबिच कूटनीतिक सम्बन्ध स्थापना
आज संसद बैठक बस्दै, के-के छन् कार्यसूची ?
फ्लाई दुबईले आजदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान गर्ने
आज देशैभर कांग्रेसको पालिका अधिवेशन
देशभर दोहोरो वायुको प्रभाव, चार प्रदेशमा भारी वर्षाको सम्भावना
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर