तेस्रो टेस्टमा इंग्ल्याण्डसँग भारत पराजित

काठमाडौं । भारत र इंग्ल्याण्ड विरुद्धको तेस्रो टेस्टमा घरेलु टोलि विजयी भएको छ । लड्समा भएको तेस्रो टेस्टमा घरेलु टोली २२ रनले विजयी भएको हो ।

भारतलाई १७० रनमा अलआउट गर्दै घरेलु टोलीले खेल जितेको हो । जीतसँगै इंग्ल्यान्डले भारतविरुद्धको पाँच खेलको टेस्ट सिरिजमा २–१ को अग्रता लिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलिले पहिलो पारीमा ३८७ रन बनाएको थियो । पहिलो पारीमा उसका जो रुटले १०४ रनको शतकिय पारी खेले । जेमी स्मिथ र ब्रायडन कार्सले क्रमश ५१ र ५६ रन जोडे । भारतले पनि पहिलो पारीमा ३८७ रन नै बनायो । उसका केएल राहुलले १००, ऋषभ पन्तले ७४ र रविन्द्र जडेजाले ७२ रन बनाएका थिए ।

दोस्रो पारीमा घरेलु टोलिले जम्मा १९२ रन बनाएको थियो । योसँगै भारतले १९३ रनको लक्ष्य पाएको थियो । तर, भारत १७० रनमै अलआउट भयो । दोस्रो पारीमा भारतका लागि रविन्द्र जडेजाले सर्वाधिक ६१ रन जोडे । लोकेश राहुल ३९ रनमा आउट हुँदा अन्य ब्याट्म्यान चल्न सकेनन् । घरेलु टोलिका जोफ्रा आर्चर र बेन स्टोक्सले समान ३ विकेट लिए ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार