
डोटी । डोटी जिल्लामा ११ दशमलव ६८ प्रतिशत जनसङ्ख्या मात्रै स्वास्थ्य बीमाको सहज पहुँच पुगेको पाइएको छ । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको जनसङ्ख्या दुई लाख चार हजार आठ सय ३१ रहेकोमा २३ हजार नौ सय १५ जनाले मात्रै स्वास्थ्य बीमा गरेको पाइएको छ । स्वास्थ्य कार्यालय डोटीले आज पत्रकारसँगको अन्तरक्रियामा सो तथ्याङ्क सार्वजनिक गरेको हो ।
सुदूरपश्चिम प्रदेशमा स्वास्थ्य बिमा गर्नेको जनसङ्ख्या २२ प्रतिशत रहेको छ । जिल्लामा स्वास्थ्य बीमा गर्ने घरपरिवारको सङ्ख्या नौ हजार दुई सय ५५ रहेको स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले जानकारी दिए। उनका अनुसार जिल्लामा आर्थिक वर्ष २०८०/८१ मा दुई हजार तीन सय ८१ जनाले नयाँ स्वास्थ्य बीमा गरेकोमा आव २०८१/८२ मा एक हजार पाँच सय तीन जना मात्र स्वास्थ्य बीमामा सहभागी भएका छन् ।
जिल्लामा सबैभन्दा बढी स्वास्थ्य बीमा गर्नेको सङ्ख्या दिपायल सिलगढी नगरपालिकामा र सबैभन्दा कम बोगटान फुड्सिल गाउँपालिकामा रहेको छ । दिपायल सिलगढी नगरपालिकाका दुई हजार सात सय ८१ घरपरिवारका आठ हजार सात सय एकजना स्वास्थ्य बिमाको पहुँचमा पुगेको पाइएको छ भने बोगटान फुड्सिल गाउँपालिकाका ५९ घरपरिवारका दुई सय ३८ जनाले मात्रै स्वास्थ्य बीमा गरेका छन् ।
त्यस्तै शिखर नगरपालिकाका एक हजार सात सय ३३ घरपरिवारका तीन हजार आठ सय २५ जना, बडिकेदार गाउँपालिकाका छ सय ६३ घरपरिवारका दुई हजार दुई सय ३८ जना, केआई सिंह गाउँपालिका नौ सय तीन घरपरिवारका दुई हजार ३९ जना र पूर्वी चौकी गाउँपालिकाका नौ सय ८७ घरपरिवारका एक हजार आठ सय आठ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
सायल गाउँपालिकाका छ सय ४८ घरपरिवारका एक हजार सात सय ९४ जना, जोरायल गाउँपालिकाका छ सय ५९ घरपरिवारका एक हजार छ सय ९८ जना र आदर्श गाउँपालिकाका आठ सय २२ घरपरिवारका एक हजार पाँच सय ७४ जनाले स्वास्थ्य बीमा गरेका छन् ।
नेपाल सरकारले सबै नागरिकको स्वास्थ्यमा सहजपहुँच पुर्याउने उद्देश्यले सामाजिक सुरक्षाअन्तर्गत २०७२ सालदेखि स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिरहेको छ । नागरिकको स्वास्थ्य उपचारमा लाग्ने खर्च न्यूनीकरण गर्न सरकारले देशभर स्वास्थ्य बीमा कार्यक्रम लागू गरेको छ । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीमा स्वास्थ्य बिमा २०७६ सालदेखि लागू भएकोमा २०७७ सालदेखि कार्यान्वयनमा आएको थियो ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल