सुन आयातबाट करिब २ अर्बको राजस्व संकलन, एक वर्षमा झण्डै १४ सय किलो सुन आयात

काठमाडौं । सुन आयतबाट करिब २ अर्ब रुपैयाँ बरारको राजस्व संकलन भएको छ । भन्सार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्ष २०८१/०८२ मा सुन आयतबाट राज्यले १ अर्ब ८५ करोड ६८ लाख ६० हजार रुपैयाँ राजस्व प्राप्त गरेको हो ।

यो अवधिमा नेपालले वैधानिक माध्यमबाट झन्डै १ हजार ४०० किलो सुन आयात गरेको विभागको तथ्यांकले देखाएको छ । विभागका अनुसार गत आर्थिक वर्षमा नेपालले १३ लाख ८९ हजार ५१६ ग्राम सुन आयात भएको हो । जसको लागत १७ अर्ब १२ करोड ८९ लाख ५० हजार रुपैयाँ बराबर छ ।

उक्त आर्थिक वर्ष १८ खर्ब रुपैयाँ बराबरको वस्तु आयात भएकोमा सुन पहिलो १५ वस्तुभित्र परेको छ ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार