
काठमाडौं । रुसको सुदूर पूर्वी क्षेत्रमा ४९ जना सवार एक यात्रुवाहक विमान दुर्घटनाग्रस्त भएको छ । स्थानीय समाचार एजेन्सीहरूका अनुसार दुर्घटनामा कोही पनि जीवित छैनन् ।
रुसको नागरिक रक्षा, आपतकालीन तथा विपद् राहत मन्त्रालयले बिहीबार जनाएअनुसार साइबेरियास्थित ‘अंगारा’ एयरलाइनद्वारा सञ्चालित एन–२४ विमान चीनसँग सिमाना जोडिएको अमुर क्षेत्रको टिन्डा सहरमा अवतरण गर्ने क्रममा राडारबाट सम्पर्कविहीन भएको थियो । रुसी उद्धारकर्मीहरूले विमानको भग्नावशेष जलिरहेको अवस्थामा फेला पारेका छन् । इन्टरफ्याक्स समाचार एजेन्सीले विमानका टुक्राहरू अमुर क्षेत्रमा भेटिएको जनाएको छ ।
मन्त्रालयले टेलिग्राममार्फत भनेको छ, ‘रुसको नागरिक उड्डयन प्राधिकरण (रोसाभियात्सिया) द्वारा सञ्चालित एमआई–८ हेलिकप्टरले विमानको जलिरहेको भग्नावशेष देखेको छ ।’
टास समाचार एजेन्सीका अनुसार, खराब मौसमका कारण कम दृश्यता (भिजिबिलिटी) भएका बेला अवतरण गर्ने क्रममा चालक दलबाट भएको त्रुटि दुर्घटनाको सम्भावित कारण हुन सक्छ । विमानमा ५ बालबालिकासहित ४३ जना यात्रु र ६ जना चालक दलका सदस्यहरू सवार थिए । यद्यपि, आपतकालीन मन्त्रालयले भने यो संख्या करिब ४० रहेको उल्लेख गरेको छ ।













समाचार
पाटन बारमा नयाँ पदाधिकारीका लागि भएको मतदान सम्पन्न
स्वास्थ्य बीमामा आबद्ध र नवीकरण अब अनलाइनबाटै
इम्मोबिलेले लिए फुटबलबाट सन्न्यास, १७ वर्षको खेल जिवन अन्त्य
संरक्षणको अभावमा जीर्ण बन्दै कान्तिताल
पर्यटकीयस्थलमा विद्युत सुविधा विस्तार
वन्यजन्तु पीडित किसानले तीन वर्षपछि क्षतिपूर्ति पाए
बाटो र भिरपाखामा समेत मौरीका घार, मह बेचेरै वार्षिक लाखौँ आम्दानी
पोखराको विजयपुर खोलाले बगाएर दुई बालक बेपत्ता
भारतको स्वतन्त्रता दिवसमा बालेनको मोदीलाई शुभकामना, भने– सम्बन्ध अझ बलियो बनोस्
‘बिक्रेताले नाम टिप्न पनि मान्दैनथे, ग्यास पाउँदा खुसी छौँ’