
भोजपुर । खेतमा बाढी पस्दा भोजपुरको कावा खोला आसपास थन्काउने बेलाको बर्खे(साउने) धानबालीमा क्षति पुगेको छ । सडक विस्तारका क्रममा नाली व्यवस्थित नगरिँदा सडकको पानी खेतमा पसेपछि बालीमा क्षति पुगेको हो ।
सडकको पानी खेतमा पसेकाले थन्काउने बेलाको धान नष्ट भएको रामप्रसादराई गाउँपालिका–५ का किसान विश्वराज तामाङले बताए । सडकमा जम्मा भएको पानीलाई नालीमा व्यवस्थापन नगर्दा तीन जना किसानको धानबालीमा क्षति पुगेको उनले जानकारी दिए ।
उनले भने, ‘नालीलाई व्यवस्थित नगरिँदा माथीबाट भेला आएर पानी खेतमा पसेको हो । बर्सेनि धानबालीमा बाढी पसेर क्षति गर्दै आएको छ।’ खेतमा पहिलो कमाइ बर्खे धानबालीमा उठाएपछि दास्रो बाली विस्तार गर्ने किसान बताउँछन् । बर्सेनि खेतीयोग्य भूमि बाझिँदै गइरहेकाले राज्यले किसानलाई प्रोत्साहनमूलक कार्यक्रम सञ्चालन गरी आवश्यक सकजीकरण गर्नुपर्नेमा तामाङले जोड दिए । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा करिब १२ हजार ५० हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको कृषि ज्ञान केन्द्र भोजपुरले जनाएको छ।













समाचार
एनएमएको पर्वतीय पथप्रदर्शक प्रशिक्षणका ३५ जनाले चढे दङ्गा पिक
घुम्ती गोठमा रमाएका टीकाजीत
अन्नपूर्णको आम्दानीको स्रोत पर्यटकीयस्थल
आर्थिक उन्नयनमा वन : तनहुँमा १७ करोड २३ लाखको कारोबार
जैविक विविधतासहितको सिमसार सोती अतिक्रमणको चपेटामा
पाँच वर्षमा १३ प्रतिशत काम, अझै अलपत्र क्व्होलासोथारको अस्पताल
नबिल म्युचुअल फण्डका दुई फण्डको प्रतिफल सुरक्षित गर्ने आज अन्तिम दिन
नेपालगन्जको तरकारी बजार पहाडको उत्पादनले धान्दै
शीतभण्डार आयोजना अलपत्र,किसानको जग्गा सात वर्षदेखि उपयोगविहीन
पोखरामा भुटानको राष्ट्रिय क्रिकेट टोलीको चार वटा अभ्यास खेल