
काठमाडौं । घरेलु टोली इङ्ग्ल्याण्डले भारतविरुद्धको चौथो टेस्टको पहिलो इनिङमा मजबुत सुरुवात गरेको छ । म्यानचेस्टरमा जारी चौथो टेस्टको दोस्रो दिन बिहिवार भारतलाई पहिलो इनिङमा ३५८ रनमा समेटेर आफ्नो पहिलो पारी सुरु गरेको घलुले टोलिले ठोस सुरुवात गरेको हो ।
दोस्रो दिनको समाप्तिसम्म घरेलु टोलिले २ विकेट गुमाएर २२५ रन बनाएको छ । इङ्ग्ल्याण्ड १३३ रनले पछि रहेको छ । इङ्ल्याण्डका लागि दुई ओपनर ज्याक क्रली र बेन डकेटले अर्धशतकीय इनिङ खेले । डकेट १३ चौकाको सहयोगमा ९४ रनमा आउट भए ।
पहिलो विकेटका लागि डकेट र क्रलीले पहिलो विकेटका लागि १ सय ६६ रनको साझेदारी गरे । क्रली १३ चौका र १ छक्काको सहयोगमा ८४ रनमा आउट भए इङ्ग्ल्याण्डका लागि ओली पोप २० तथा जो रुट ११ रनमा क्रिजमा रहेका छन् । भारतका लागि रविन्द्र जडेजा र अशुंल कम्बोजले समान १ विकेट लिए । कम्बोजको यो डेब्यु खेल समेत रहेको छ । त्यसअघि टस हारेर ब्याटिङ गरेको भारतले पहिलो इनिङमा ३ सय ५८ रन बनाएको थियो ।













समाचार
दुई विश्व कीर्तिमानी किली पेम्बा शेर्पा : ब्रड पिकमा रोकियो साहसिक यात्रा
शेखरले एसियाली आईटीएफ खेल्ने
पोल्ट्री व्यवसायीलाई प्रशिक्षण
राष्ट्रपतिसमक्ष एनआरएनएको शिष्टाचार भेट, विश्व ज्ञान सम्मेलनको अवधारणापत्र प्रस्तुत
वीरगञ्ज नाकाबाटको २ खर्ब ३८ अर्ब पेट्रोलियम पदार्थ आयात
नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ध्यानाकर्षण तथा अपिल
सामाजिक सद्भाव कायमका लागि सक्रिय रहन प्रदेश महासंघ तथा जिल्ला/नगर संघहरूलाई महासंघको आह्वान
छुर्पी निर्यात २७ प्रतिशतले बढ्यो, एक वर्षमै एक अर्ब ७९ करोडको कारोबार
सामाजिक सद्भाव र शान्ति कायम गर्न इप्पानको अपिल
साउन १५ को अवसरमा १ अर्बभन्दा बढीको दूध कारोबार