
नवलपुर । नवलपुरको कावासोती–९ की सीता जिसी राउतले कौसीमा ड्रागन खेती गरेर वार्षिक आठ लाख रुपैयाँसम्म आम्दानी गर्दै आएकी छिन् । तीनवटा बिरुवाबाट कौसीमा सुरुवात गरेको खेती सीताले हाल १३५ वटा गमलामा विस्तार गरेकी छिन् । उनले बारीमा ४२४ वटा बोट रोपेकी छिन् । घरमै खान भनेर चार वर्ष पहिले सुरु गरेको खेती अहिले व्यावसायिक बनेको छ ।
‘युट्युब’बाट हेरेर प्रभावित भएर उनले कौसीमा ड्रागन फल खेती सुरुवात गरेकी थिइन् । सुरुमा मलेसियन सी भेराइटीको जम्मा तीनवटा बिरुवा दुई हजार एक सय रुपैयाँमा पनौतीबाट ल्याएर लगाएकी थिइन् । कौसीमा खेती सुरु गर्दा २५ हजार रुपैयाँ लगानी लागेको उनले बताइन् । उनले फल मात्र होइन, बिरुवा पनि बिक्री गरेर आम्दानी गर्दै आएकी छिन् ।
‘मैले सुरुमा आफ्नै लागि बिरुवा तयार गरेर लगाएँ, त्यसले राम्रो फल दियो । बिरुवा सफल भएपछि मैले बिरुवा बिक्री गर्न थालेँ, अहिले मकहाँ धेरै जना बिरुवा लिन आउनुहुन्छ । यसपालि करिब दुई लाख रुपैयाँको त बिरुवा नै बेचेँ,’ उनले भनिन् ।
गत असार पहिलो सातादेखि उत्पादन सुरु भएकोमा तीन लट बिक्री गरी हाल चौथो लट टिप्न थालेकी छिन् । असार महिनामा मात्रै साढे तीन क्विन्टल ड्रागन फल बिक्री गरिसकेको उनले बताइन् । बजारका लागि कुनै समस्या नभएको उनको भनाइ छ । स्थानीय बजार र मुख्य शहरहरू नारायणगढ, काठमाडौंदेखि बुटवलसम्म उनले बिक्री गर्दै आएकी छिन् ।
पानीट्याङ्की राखेका फलामका डण्डी, छतमा प्रयोग भएको रेलिङले नै पिल्लरको काम गर्ने भएकाले कौसीमा लगानी कम लाग्ने, पात नहुँदा झरेर फोहोर हुने पिर नहुने, अनि धेरै घाम र थोरै पानी भए पुग्ने भएकाले कौसी खेतीका लागि ड्रागन फ्रुट खेती एकदमै उपयुक्त रहको जिसीको अनुभव छ ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम