
काठमाडौं । नेपाल सेयर बजार लगानीकर्ता संघको सीडीएससीसँगका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण पन्डाकसँग भेटघाट गरेको छ । बुधबार नेपाल सेयर बजार लगानीकर्ता संघको टोली र सीडीएससीका सीईओ बीच आइजिन नम्बर तथा अन्य समसामहिक विषयमा छलफल भएको हो ।
यस भेटमा संघले पुँजीबजारसँग सम्बन्धित विभिन्न समसामयिक विषयहरू समावेश गरी एउटा ध्यानाकर्षण पत्र प्रस्तुत गरेको छ । संघले पुँजीबजारलाई स्वस्थ, पारदर्शी, र जवाफदेही बनाउनका लागि नियामक निकायहरू र नेपाल सरकारबाट सकारात्मक भूमिकाको अपेक्षा गरेको संघका महासचिव रविन कंडेलले जानकारी दिए । साथै उक्त भेटमा बजारको हित विपरीत हुने कुनै पनि गैरकानुनी वा अनुचित गतिविधिमा संलग्न पक्षविरुद्ध जुनसुकै कदम चाल्न तयार रहेको प्रतिबद्धता व्यक्त गरेको छ । सकारात्मक पहलका लागि भने सदैव हातेमालो गर्न संघ तत्पर रहेको जनाएको छ ।
त्यस्तै संघले वर्तमान बजारमा देखिएको अकर्मण्यता, ढिलासुस्ती, र सुस्तताप्रति गम्भीर चिन्ता व्यक्त गरेको छ । सीडीएससी लगायतका सम्बन्धित निकायहरूलाई स्वतन्त्र, पारदर्शी रुपमा काम गर्न आग्रह गरिएको छ । विशेषगरी, संघले फरक प्रकृतिका सेयरहरूलाई फरक आइजिन नम्बर प्रदान गर्नु नै समग्र बजारका लागि उपयुक्त हुने धारणा दोहोर्याएको छ । यसले बजारको व्यवस्थापनमा सहजता ल्याउने विश्वास संघको छ ।
सीडीएससीका सीईओ प्रविण पन्डाकले बजारको विस्तार र विकासमा लगानीकर्ताहरूको साथमा रहने प्रतिबद्धता व्यक्त गरिन् । संघले नेपाल सेयर बजारको विकास र लगानीकर्ताहरूको हकहितको रक्षाका लागि सधैँ क्रियाशील रहने प्रतिबद्धता पनि जनाइन् । भेटमा संघका अध्यक्ष डा. केशव प्रसाद श्रेष्ठको नेतृत्वमा उपाध्यक्ष भगवान बहादुर राउत, महासचिव रबिन कँडेल, सचिव भुबन ढकाल, र सदस्यहरू श्यामहरि सेढाई, विवेक श्रेष्ठ, र सुदर्शन गौतमको उपस्थिति रहेको थियो ।













समाचार
डडेलधुरा मेडिकल कलेजका लागि शिक्षक पदपूर्ति आह्वान
पढाइसँगै कमाइ : दिवाखाजा र छात्रावासका लागि विद्यालयमै तरकारी खेती
भोटेकोशीको बाढीले थपुवागाउँमा छायो सन्नाटा
ग्लोबल शेर्पा मिट– २०२६ मा सहभागि हुन नेपाल शेर्पा संघको आग्रह
अन्तर्राष्ट्रिय विज्ञसहितको टोलीबाट रसुवा बाढीको वैज्ञानिक अध्ययन हुने
बाँदरको सास्तीपछि बेसार खेतीतर्फ किसान
सुदूरपश्चिममा ६ वटा शीत भण्डार निर्माण सम्पन्न
बेलायतका पूर्वप्रधानमन्त्री रुसी आक्रमणबाट बच्न सफल
बीस वर्षअघि श्रीमान् र अहिले छोरा बेपत्ता: रोग र वियोगको दोहोरो मारमा नरमाया
महाकवि लक्ष्मीप्रसाद देवकोटाको ६७ औँ स्मृति दिवस: प्रज्ञा-प्रतिष्ठानले गर्दैछ विशेष कार्यक्रम