
गोरखा । गोरखाको प्रसिद्ध ऐतिहासिक तथा धार्मिक स्थल अजिरकोट गाउँपालिका – १ मा रहेको नाग पोखरी पर्यटकको रोजाइमा परेको छ । समुन्द्री सतहबाट ३ हजार २ सय ६० मिटर उचाइमा रहेको उच्च पहाडमा रहेको नाग पोखरी आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको हो ।
अजिरकोटको भच्चेक बजारबाट झन्डै ४ देखि ५ घण्टाको पैदल यात्राबाट पुग्न सकिने नागपोखरीमा स्थानीय मान्यता अनुसार यस पोखरीमा एक दिव्य नाग देवताको निवास थियो भन्ने धार्मिक विश्वास लिइँदै आएको र गोरखाका राजपरिवारले यस पोखरीको पवित्र जल बिभिन्न पूजा अर्चना को लागि प्रयोग गर्ने गरेको पाइएको अजिरकोट गाउँपालिकाका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।
विशेष गरी नाग पञ्चमीमा यस स्थानमा ठुलो मेला लाग्ने गरेको छ । जिल्ला भित्रका आन्तरिक भक्तजनहरू तथा हिन्दु धर्ममा आस्था राख्ने नागरिकहरू नागपञ्चमी श्रावण शुक्ल पक्षको पञ्चमीका दिन प्रत्येक वर्ष विधिपूर्वक दूध,दही, धूप, नैबेढ चढाएर नागको पूजा गर्ने पहिले देखिको चलन रहेको छ । भच्चेक बजार देखि सिरानडाडा हुँदै नाग पोखरी सम्म घना जङ्गल, घाँसे मैदान र पहाडी बाटो हुँदै पर्यटक नाग पोखरी पुग्ने गरेका अजिरकोट गाउँपालिकाले जनाएको छ ।
प्राकृतिकले दिएको अनुपम उपहार स्वरूप नाग पोखरीमा पानी अत्यन्त चिसो, आसपासका हिमशृङखला, घाँसे मैदान र रुखहरूको दृश्यले थप मनोरम र आनन्दित तुल्याउने आन्तरिक पर्यटक गोरखाको धार्चे गाउँपालिकाका युवा सुन बहादुर गुरुङ राज गोर्खालीले बताए ।
प्रसिद्ध नागपोखरीबाट मनासलु, अन्नपूर्ण, हिउँचुली र गणेश हिमालहरूले पर्यटकको मन लोभ्याउने गरेकाले पनि नाग पोखरी पर्यटकको रोजाइमा परेको अध्यक्ष देवकोटाको भनाइ छ । उक्त नाग पोखरी गोरखाको प्रसिद्ध धार्मिक स्थल मध्ये एक भएकाले पनि हिमाली सौन्दर्य र स्थानीयको भनाई अनुसार वैशाख, जेठ, र असोज र कात्तिकमा नागपोखरीमा एक पटक पर्यटक पुगेर आनन्द लिने गरेका पालिका अध्यक्ष देबकोटले बताए ।
अहिले नागपोखरीमा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या दिन दिनै बढ्दै गएको छ, अध्यक्ष दीपक देवकोटाले भने, ‘नागपोखरीबाट पर्यटकहरू बसेर फोटो खिच्ने र केही समय आराम गर्ने प्राकृतिकले दिएको अनुपम उपहार स्वरूपमा विभिन्न हिमालहरू हेरेर भच्चेको सिरानडाडा बसेर फर्कने गरेका छन् ।’













समाचार
प्रधानमन्त्रीको सम्बोधन : नेपाली आकाशमा मडारिएको अशान्तिको बादल हटाउन अपिल (पूर्णपाठ)
सुनसरी लगायतका जिल्लामा भएका घटनाको छानबिन निष्पक्ष हुनेछ : प्रधानमन्त्री
शिक्षा र स्वास्थ्यमा लगाइएको समता कर औपचारिकरूपमा खारेज
मोरङमा सामाजिक सद्भाव कायम राख्न अपिल
दूधको भुक्तानी नपाउँदा दमकका दुई सय किसान समस्यामा
गृहमन्त्री सुदन गुरुङ विराटनगर प्रस्थान
राष्ट्रपतिको अपिल- सबै मिलेर आपसी सद्भाव र राष्ट्रिय एकता कायम राखौँ
राष्ट्रिय हित र शान्ति स्थापनाका लागि सबै एकजुट हौँ : पूर्वप्रधानमन्त्री ओली
तराईको तनावपूर्ण स्थितिलाई साम्य पारी दिगो शान्ति स्थापना गर्नका लागि सबैले सकारात्मक र नेतृत्वदायी भूमिका निर्वाह गर्न महासंघको आग्रह
नेपालीबीचको एकता र सद्भाव खलबलिनु दुःखद : पूर्वराजा शाह