नेप्सेको ओरालो यात्रामा ब्रेक – सामान्य अंकले बढेको बजारमा साढे ७ अर्ब हाराहारीमा कारोबार

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार सामान्य अंकले बढेको छ। नेप्से परिसूचक २.६२ अंकले बढेको २७८८.३६ को विन्दुमा कायम भएको छ । आज ३२० कम्पनीको १ करोड ९२ लाख ५८ हजार कित्ता सेयर किनेबच हुँदा ७ अर्ब ४६ करोड ४१ लाख ७७ हजार रुपैयाँको कारोबार भएको हो ।

यसदिन आठ उपसूचकमा हरियाली आएको छ भने ५ उपसूचकमा राताम्य भएको छ । आज वाणिज्य बैंक समूहको ०.६१ प्रतिशत, फाइनान्स समूहको ०.५५ प्रतिशतले सेयर मूल्य घटेको छ । बिहिबार १०८ कम्पनीको सेयरमूल्य बढेको छ भने १४१ कम्पनीको घटेको छ ।

आज पुनर्बीमा कम्पनीको सर्वाधिक ४७ करोड १७ लाख १३ हजार रुपैयाँको कारोबार भएको छ । एनआरएनको ४१ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भएको छ । बलेफि हाइड्रोको ३६ करोड ८४ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै नेपाल रिपब्लिक मिडियाका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ९.९९ प्रतिशतका दरले कमाएका हुन् । आज सबैभन्दा धेरै एनआइसी एशिया फे्लेक्सी क्याप फन्डका इकाईधनीले गुमाएका छन् । आज यसका इकाईधनीले ८.३१ प्रतिशतका दरले गुमाएका हुन् ।

फेसबुक प्रतिक्रिया

ट्रेन्डिङ खबर

ताजा अपडेट

सम्बन्धित समाचार