
काठमाडौं । होटेल फरेस्ट इन् लिमिटेडले सर्वसाधारणका लागि जारी गरेको प्राथमिक सेयर (आईपीओ) को बाँडफाँड आज सोमबार हुने भएको छ। कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटलले फागुन ४ गते बिहान बाँडफाँड प्रक्रिया सम्पन्न गर्ने तयारी गरेको जनाएको छ।
कम्पनीले माघ २२ गतेदेखि माघ २६ गतेसम्म सर्वसाधारण लगानीकर्ताका लागि ३३ लाख २० हजार कित्ता सेयर सार्वजनिक निष्काशन गरेको थियो। तोकिएको अवधिभर संकलित आवेदनका आधारमा आज गोलाप्रथामार्फत सेयर बाँडफाँड गरिनेछ।
यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकका लागि छुट्याइएको कोटाअनुसारको सेयर निष्काशन तथा बाँडफाँड प्रक्रिया सम्पन्न गरिसकेको छ। सर्वसाधारणतर्फको बाँडफाँडपछि कम्पनीको आईपीओ प्रक्रिया पूर्ण रूपमा टुंगिनेछ।
कम्पनीले आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट पौष २० गते स्वीकृति प्राप्त गरेको थियो। नियामक निकायबाट अनुमति पाएपछि कम्पनीले चरणबद्ध रूपमा सेयर निष्काशन प्रक्रिया अघि बढाएको हो।
होटेल फरेस्ट इन् लिमिटेडले काठमाडौँको बुढानिलकण्ठ क्षेत्रमा पाँचतारे स्तरको ‘होलिडे इन रिसोर्ट’ सञ्चालन गर्दै आएको छ। आतिथ्य क्षेत्रमा सक्रिय कम्पनीले पूँजी विस्तारमार्फत सेवा विस्तार र पूर्वाधार सुदृढीकरण गर्ने लक्ष्य राखेको जनाएको छ।
आईपीओ बाँडफाँडपछि लगानीकर्ताले आफ्नो आवेदनको नतिजा बिक्री प्रबन्धकको वेबसाइट तथा सीडीएससीको प्रणालीमार्फत हेर्न सक्नेछन्।













समाचार
सुर्खेतमा मोटरसाइकलको ठक्करबाट ५५ वर्षीया महिलाको मृत्यु
वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा
बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती
कुष्ठरोग प्रभावितको कानुनी, सामाजिक र आर्थिक अधिकार दिने मस्यौदा तयार गरिँदै
प्रभु महालक्ष्मी लाइफको १६ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
नारायणी डेभलपमेन्ट बैंकको ६५ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा
आफ्नो गाउँ सफा गर्न आफैँ जुटे युवा
सुदूरपश्चिममा जडीबुटी : न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै
करदाता प्रोत्साहन कार्यक्रम : भदौ महिनाको विजेता घोषण असोज १ मा, ३३ जनलाई १ एक लाख, २ जनालाई १० लाख
मुस्ताङ भन्सारमा १५ दिनमै १ अर्ब ७८ करोड राजस्व