
काठमाडौं । यो साता नेप्से परिसूचक बढेर बन्द भएको छ । यो साताभरको अवधिमा नेप्से परिसूचक करिब साढे ३ प्रतिशत बढेर बन्द भएको हो । नेप्से परिसूचक गत साता २५५९.४९ विन्दुमा बन्द भएको थियो भने या साता ३.४३ प्रतिशत अर्थात ८७.७३ अंक बढेर २६४७.२२ विन्दुमा बन्द भएको छ ।
यो साता पुरै पाँच कारोबार दिनका लागि बजार खुलेको थियो । जसमध्ये चार कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने एक कारोबार दिन घटेर बन्द भएको थियो । यो साता फ्लोट इण्डेक्स ३.७८ प्रतिशत बढेको छ भने सेन्सेटिभ इण्डेक्स ३.८५ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स ३.९९ अंक बढेको छ । नेप्सेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ९ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ६ अर्ब १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ । गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम ४९.४१ प्रतिशत बढी हो । त्यस्तै, यस साता दैनिक औषत सेयर संख्या ५२.७० प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या २३ प्रतिशत घटेको छ ।
यस साता नेप्सेको कुल बजार पूँजीकरण पनि ३.४३ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४४ खर्ब २ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यो साता १ खर्ब ५० अर्ब रुपैयाँ बढेर ४५ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।
यस साता १३ वटै उपसमूहको परिसूचक बढेको छ । जसमध्ये जीवन बीमा उपसमूहको परिसूचक सर्वाधिक ५.७५ प्रतिशत बढेको छ । गत साता ११ हजार २९९.२५ विन्दुमा बन्द भएको सो उपसमूहको परिसूचक यो साता ६४९.३६ अंक बढेर ११ हाजर ९४८.६१ विन्दुमा पुगेको छ । अंकका आधारमा पनि यस साता सबैभन्दा बढी सोही उपसमूहको परिसूचक बढेको हो ।
यस साता म्युचुअल फण्ड उपसमूहको परिसूचक सबैभन्दा कम ०.८७ प्रतिशत बढेको छ । गत साता १९.५० विन्दुमा रहेको सो उपसमूहको परिसूचक, यस साता ०.१७ अंक बढेर १९.६७ विन्दुमा पुगेको छ ।












समाचार
भन्सार छलीका सामान बिक्री वितरण गर्ने तीन जना पक्राउ
नाप नक्सा भएको सात वर्षपछि ३८८ परिवारले पाए पुर्जा
भन्सार छलेर ल्याइएका १७ लाख ५६ हजार बराबरका सामान बरामद
समयको मागअनुसार संविधानको संवर्द्धन गर्नु समयोचित हुन्छ : मन्त्रिपरिषद् पूर्वअध्यक्ष रेग्मी
बाढी प्रभावित बालबालिकाको संरक्षणमा एमआइटी फाउन्डेसनले सघाउने
आज कागे अष्टमी पर्व मनाइँदै
आज संविधान दिवस देशभर मनाईंदै
एक सातामा २ हजार १ सयले बढ्यो सुनको मूल्य, तोलाको कति ?
मनसुनी र पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ?
शनिबारका लागि यस्तो छ विदेशी मुद्राको विनियमदर