
मुस्ताङ । यहाँका स्याउ बगैँचाभित्र विभिन्न किसिमका हिउँदे तथा बर्खे बाली लगाउने प्रचलन विद्यमान छ । यहाँका किसानले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा, उवा, फापर, जौ, मकै, तोरी, सिमी, बोडी, आलु, तरकारीलगायत अन्नबाली उत्पादन गरी दोहोरो मुनाफा कमाउँदै आएका छन् । पछिल्लो समय घरपझोङ गाउँपालिका–४ जोमसोमका किसान तेज गुरुङ (ताङ्वे)ले आफ्नो स्याउ बगैँचाभित्र अन्नबालीको विकल्पमा ‘राई घाँस’ उत्पादन गर्दै आएका हुन्। हिउँदयाममा घाँसको अभाव हुने भएकाले वैकल्पिक खेतीमा जोड दिएको उनले बताए ।
हिउँदयाममा पशु चौपायालाई खुवाउन र बढी भएको घाँस बिक्री गर्न सकिने भएकाले स्याउ बगैँचाभित्र अन्तरबालीका रूपमा राई घाँस उत्पादन गर्दै आएको किसान ताङ्वेले बताए । गत पुस–माघमा बगैँचाभित्र छरेको घाँस उम्रिएर अहिले हरियाली भएको उनको भनाइ छ ।
घरपझोङका किसान ताङ्वे यतिबेला स्याउ बगैँचाभित्र लगाइएको घाँस स्याहार्न व्यस्त छन् । उक्त घाँस परम्परागत पद्धतिबाट नभई आधुनिक उपकरण ‘हाते रिफर’का माध्यमबाट काट्न थालेको उनले जानकारी दिए । परम्परागत पद्धतिबाट घाँस काट्दा जनशक्ति बढी लाग्ने भएकाले आधुनिक उपकरण प्रयोग गरिएको बताउँदै उनले यसबाट समय बचत हुने, आर्थिक भार कम पर्ने, उपयोगी र कम झन्झटिलो भएको उल्लेख गरे । “घाँस काटेर बगैँचाभित्रै बिस्कुन सुकाएको झै दुई–तीन दिनसम्म सुकाउनुपर्छ । यसरी सुकाइएको घाँसलाई बेलाबेलामा हातले वा लठ्ठीको सहायताले पल्टाउनुपर्छ । यसो गर्दा घाँस छिटो सुक्छ”, उनले भने ।
घाममा सुकाइएको घाँसलाई सिँधै भण्डार गरेर सुरक्षित राख्न सकिने ताङ्वेले जानकारी दिए । “कतिपयले सुकुटीलाई चुल्ठी पारेर थन्क्याउने गर्छन् । यसरी आलो घाँसलाई सुकुटीका रूपमा तयारी गर्दा हिउँदयाममा घाँसको अभाव हुँदा पशु चौपायालाई खुवाउन सजिलो हुन्छ”, उनले भने ।













समाचार
गुह्येश्वरीमा दैनिक तीन करोड २४ लाख लिटर ढल प्रशोधन
राष्ट्रियसभाको बैठक बस्दै
मतदाता नामावली सङ्कलनमा सहजीकरण गर्न स्थानीय तहलाई आग्रह
गरिमा विकास बैंकले कमायो १ अर्ब ६८ करोड नाफा, अन्य सूचक कस्ता ?
नेपाल लाइफको बोनस सेयर डिम्याट खातामा जम्मा
धनुषामा गतआवमा ५७ किमी सडक ढलान
नारायणगढ–बुटवल सडक विस्तार अन्तिम चरणमा : अब दुई घण्टामै पुगिने
बिनादर्ता सञ्चालित व्यवसायलाई दर्ता गर्न हल्दीबारीको निर्देशन
हर्मुज सम्झौताको नजिक इरान र ओमान, अमेरिकी–इरान वार्ता पनि अघि बढ्दै
२५२ प्रतिशतले बढ्यो लुमिबनी विकास बैंकको नाफा, इपीएस कति ?